२ ,असोज ,वाशिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री एनपी साउद र शान्ति सञ्चालन मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव जिन पिएरेरे लाक्रोक्सबीच भेटघाट भएको छ । सोमबार सम्पन्न सो भेटका अवसरमा उहाँबीचमा शान्ति स्थापनाका लागि राष्ट्रसङ्घ मातहत रहेर सेवा गर्नुहुने नेपाली सुरक्षाकर्मीहरूको तालिम, सुरक्षालगायतका विषयमा छलफल भएको
२ ,असोज ,काठमाडौँ । अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक,
१ ,असोज , कैलाली । कैलाली, घोडाघोडी नगरपालिका-४ डङडङ्गेस्थित सडकमा से.५ प २१०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका-१ बस्ने २९ वर्षीय नरेश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचार पश्चात निसर्ग अस्पताल धनगढीमा थप
१ ,असोज ,काठमाडौँ । सिमकार्ड डुप्लिकेसन गरी रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवालीलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको मोबाइल नम्बरको सिमकार्ड सेवा प्रदायक कम्पनीबाट आफ्नो नाममा नामसारी गरी मोबाइल बैंकिङ एकटिभ गराई पीडितको बैंक खाताबाट बिभिन्न बैंक
१ ,असोज ,सप्तरी। सप्तरी, राजबिराज नगरपालिका-९ मलेठस्थित आफ्नै नाना श्रीलाल यादवको घरमा बस्दै आएका सुनसरी कोशी गाउँपालिका-५ दुधगत बस्ने बिन्देश्वर यादवको छोरा ८ वर्षीय आशिष कुमार यादवको पोखरीमा डुबेर सोमबार बिहान मृत्यु भएको छ । नानाको घर नजिकै रहेको पोखरीमा डुबेर गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज
१ ,असोज ,वीरगंज ।पर्सा: वीरगंज महानगरपालिका १६ नगवास्थित सीमा ईलाकाबाट असोज १ गते करीब १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले उल्लेखित मूल्यको १० बोरा लत्ताकपडा बरामद गरेको हो । भारतबाट अबैध रुपले १० वटा साईकलमा
१ ,असोज ,सिन्धुली मरिण गाउँपालिका-३ बरुण बस्ने दुधराज मुक्तानको छोरा ३ वर्षीय मनिष मुक्तानको आगोले चलेर सोमबार बिहान मृत्यु भएको छ । भान्सा घरमा झुलुङ्गेमा राखी घरका अन्य सदस्य खेतमा गएको अवस्थामा शारीरिक रूपमा असक्त मनिष झुलुङेबाट भुईमा झरेर घस्रिंर्दै जाँदा चुलोमा परी जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको
१ ,असोज , मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१० बसपार्कस्थित उमेश माछा पसलका संचालक धनुषा कमला नगरपालिका-८ बस्ने २६ वर्षीय उमेश शाहलाई अवैध लागूऔषध चरेस करिब २ सय १३ ग्रामसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त माछा पसलमा लागूऔषध बिक्री बितरण भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले
१ ,असोज ,महोत्तरी। महोत्तरी, लोहारपट्टी नगरपालिका-९ लेउरीस्थित खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१ ,असोज ,काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले विकसित र विकासोन्मुख राष्ट्रहरूबीचको प्राविधिक र डिजिटल विभाजनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । ‘वर्तमान विकासका चुनौतीहरूः विज्ञान, प्रविधि र नवप्रवर्धनको भूमिका’ भन्ने नाराका साथ क्युबाको हवानामा भएको जी– ७७ र चीनको शिखर सम्मेलनमा अतिकम विकसित देशहरूको समूहको तर्फबाट