Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटक बढे


एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को मार्चमा १ लाख २० हजार ५ सय १६ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । बोर्डको तथ्यांक अनुसार मार्च २०२६ मा दक्षिण एशियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन् । जुन कुल आगमनको करिव ३५.४ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८ पर्यटक आएका छन् । श्रीलंकाबाट १० हजार ७५९ र बंगलादेशबाट ४ हजार ६ सय ७६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै, अन्य एशियाली मुलुकबाट आउने पर्यटकको संख्या पनि उत्साहजनक देखिएको छ । चीनबाट ११ हजार २ सय २०, म्यानमारबाट ६ हजार २० र थाइल्याण्डबाट ३ हजार ८ सय ९७ पर्यटक नेपाल आएका छन् । जापान, मलेसिया र दक्षिण कोरियाबाट समेत उल्लेख्य आगमन भएको छ । ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजार ४३६ पर्यटक भित्रिएका छन् । युरोप र अमेरिकाबाट आउने पर्यटक घटे पर्यटन बोर्डको तथ्यांकअनुसार विकशित मुलुकबाट नेपाल घुम्न आउने पर्यटकको संख्यामा कमी आएको छ । सन् २०२६ को मार्चमा युरोपबाट जम्मा २० हजार ८ सय ७६ पर्यटक आएका छन् । यो प्रतिशत अघिल्लो वर्षको तुलनामा १८.९ प्रतिशतले कमी हो । खासगरी समीक्षा अवधिमा बेलायत, फ्रान्स,जर्मनीबाट नेपाल आउने पर्यटकको संख्यामा ह्रास आएको छ । समीक्षा अवधिमा अमेरिकाबाट आउने पर्यटकको संख्यामा पनि भारी गिरावट आएको छ । मध्यपूर्वमा देखिएको तनावले युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको तथ्यले देखाएको छ । यद्यपि एशियाली बजारको तुलनामा युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या कम भए पनि उच्च खर्च गर्ने पर्यटकको रूपमा उनीहरुको योगदान महत्वपूर्ण मानिन्छ । सन् २०२५ को मार्चमा एक लाख २१ हजार ६ सय ८७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने कोभिड–१९ शुरु हुनुअघि भने सोही महिनामा १ लाख २७ हजार ३ सय ५१ आगमन भएको देखिन्छ ।

कञ्चनपुर। पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटकको सङख्या बढ्न थालेको छ । इस्वी सम्बत्को अक्टोबर महिनासम्म आठ सय ८७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको डिसेम्बर महिनासम्म पाँच सय ४२ पर्यटक भित्रिएका थिए भने गत वर्षभन्दा यस वर्षको अक्टोबरसम्म मात्रै तीन सय पाँच बढी पर्यटक भित्रिएका हुन् । कोरोनाको सङ्क्रमण घटदै गएसँगै आवतजावतका लागि वातावरण सहज भएकाले विदेशी पर्यटक आउने क्रम बढदो रुपमा रहेको हो । भारतबाट स्थलमार्ग हुदै सीमा नाकाबाट भित्रिने पर्यटकमा फ्रान्स, इजरायल, रुस, संयुक्त अधिराज्य (युके), संयुक्त अधिराज्य अमेरिका, जापानलगायत युरोपेली मुलुकका रहेका छन् । त्यस्तै, गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अधिकृत पदमराज भट्टका अनुसार सबैभन्दा बढी पर्यटक अक्टोबर महिनामा एक सय ६१ जना आएका छन् । गत जनवरीमा ३१, फ्रवरीमा ६३, मार्चमा एक सय ३७, अप्रिलमा एक सय १३, मेमा ८५, जुनमा ४५, जुलाईमा २०, अगस्तमा ३७ र सेप्टेम्बरमा एक सय ५५ पर्यटक भित्रिएका थिए । यसैगरी सन् २०२० मा छ सय २० र सन् २०२१ मा ५८ पर्यटक सीमा नाका भएर आएका थिए । सीमा नाका भएर बाहिरिने पर्यटकको सङ्ख्या भने शून्य रहेको छ । भारत सरकारले निश्चित नाकाहरुबाट मात्रै पर्यटक बाहिरिने अनुमति दिएकाले यस नाकाबाट बाहिरिने पर्यटक शून्य भएका हुन् ।

कोरोना महामारीको संङ्क्रमण पश्चात्९सन् २०२१ को डिसेम्बर देखि० सीमा नाका भएर भारततर्फ जाने पर्यटकलाई भारत सरकारले रोकेको उनले बताए । “सीमा नाका भएर भित्रिने पर्यटकमध्ये केही एकदिन महेन्द्रनगर बजार क्षेत्रका होटलमा बसेर अन्यत्र जाने गरेका छन्” अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले भने, “केही सिधै गन्तव्यमा जाने गरेका छन् ।” उनका अनुसार अधिकांश पर्यटक पोखरा, काठमाडौं, लुम्बीनी, अछामको रामारोशन, खप्तड, बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज घुम्नका लागि आउने गरेका छन् भने महिनामा एक दुई जना मात्रै पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्नका लागि इच्छा जाहेर गर्ने गरेका छन् । त्यस्तै, भारतहुदै यहाँ आइपुग्ने अधिकांश पर्यटकले भारतीय रुपैंया बोकेर आउने गरेका र भिसा दिँदा लाग्ने शुःल्क डलरमा लिइने भएकाले सटही काउन्टर नहुदा डलर खोज्न झन्झट हुने गरेको छ । नेपाली नागरिकसंग बैवाहिक सम्बन्धमा बाँधिएका विदेशीको भिसा म्याद समाप्त भएको खण्डमा थप्न चाहे ९० डलर भिसा शुःल्क लिएर थप्न सक्ने अधिकार अध्यागमन अधिकृतलाई छ । यसैगरी पर्यटकले तोकेको समय अबधि पूरा गरी एक महिना अझै नेपालमै घुम्ने इच्छा जाहेर गरेमा तोकिएको भिसा शुःल्क लिएर म्याद थप्न सक्ने व्यवस्था रहेको सूचना अधिकारी भट्टले जानकारी गराउदै वैवाहिक भिसाको म्याद थप्ने विदेशीहरुको सङ्ख्या केही वर्षदेखि बढ्दो रहेको समेत बताएका छन् ।


प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?