Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

आन्तरिक पर्यटनमा आशा जगाउँदै पूर्वी नेपालमा पोखराको प्रवर्द्धन सम्पन्न


गण्डकी। होटेल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा पूर्वी नेपालका प्रमुख सहरमा गरिएको ‘जाउँ है पोखरा’ अभियान आन्तरिक पर्यटनको वृद्धिमा जोड दिँदै सकिएको छ । यही कात्तिक १६ गतेदेखि सुरु गरिएको पाँच दिने अभियानमा पूर्वी नेपालका बर्दिबास, जनकपुर, विराटनगर, इटहरी, बिर्तामोड,धनकुटा, चितवनलगायतका प्रमुख सहर समेटिएको थियो । सूर्योदयको स्थल भनेर चिनिने पूर्वी नेपालको इलामबाट २० वर्षअघि सुरु गरिएको अभियानलाई त्यस यता निरन्तरता दिँदै आइएको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको अभियानको प्रभाव सकारात्मक बन्दै गएको र यसले देशैभरि नेपालीमा घुम्ने बानीको विकासमा टेवा पुर्‍याएको उनले बताए । त्यस्तै, अभियान सुरु गर्दा घुम्न निस्कने नेपाली एक प्रतिशत रहेकोमा अहिले उक्त दर ३५ प्रतिशत पुगेको र पूर्वी नेपालमा सञ्चालित कार्यक्रमले पोखरा र पूर्वी नेपालबीच पर्यटकीय साझेदारी बढ्ने विश्वास लिइएको उनले बताए । आन्तरिक पर्यटनको विकासको लागि व्यावसायिक सहकार्य र पर्यटन प्रवर्धनको उद्देश्यका साथ गरिएको कार्यकमले आन्तरिक पर्यटनको आगमनमा वृद्धि हुुने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । उनले आन्तरिक पर्यटनको चहलपहल बढाउन राज्यका तर्फबाट पर्यटनमैत्री नीतिसँगै सडकलगायतका पूर्वाधार, प्रभावकारी सडक तथा हवाई सञ्जालको विकासमा ध्यान दिनुपर्ने बताए ।
उक्त कार्यक्रमका क्रममा विभिन्न स्थानमा गरिएका छलफल एवं अन्तरक्रिया आन्तरिक पर्यटनको विकासका लागि सडक तथा हवाई सञ्जाल प्रभावकारी बन्नुपर्ने, राज्यको पर्यटनमैत्री नीति तथा व्यवहार हुनुपर्ने, भारतीय नोट नचल्दा भारतीय पर्यटक आगमनमा परिरहेको असरको अन्त्य गर्नुपर्नेलगायतका विषयमा व्यवसायीले भनाइ राखेका थिए । सङ्घका अध्यक्ष सुवेदी नेतृत्वको टोलीमा होटेल सङ्घ पोखराका सल्लाहकारद्वय विप्लव पौडेल, भरतराज पराजुली, पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठ पोखरा महानगरपालिका–२३ का वडाध्यक्ष रामकाजी गुरुङलगायत पर्यटन व्यवसायी, जनप्रतिनिधि र सञ्चारकर्मीसहित २० जनाभन्दा बढी सहभागी रहेका थिए ।

प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?