Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

सानिमा माइ हाइड्रोपावरको नाफा बढ्यो


काठमाडौं। सानिमा माइ हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २४ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा गत वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले २३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) समीक्षा अवधिमा ४५ पैसा बढेर ७ रुपैयाँ ९७ पैसा रहेको छ । सो सम्पत्तिमा प्रतिफल (आरओ) ३.७६ प्रतिशत छ भने नेथवर्थ १६४ रुपैयाँ १७ पैसा रहेको छ ।

उक्त कम्पनीको विद्युत् बिक्रीवापत आम्दानी बढ्दा र वित्तीय खर्चमा केही व्यवस्थापन गर्दा नाफामा सुधार देखिएको हो । विद्युत् बिक्रीबाट कम्पनीले ३ महिनामा ३२ करोड ९८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । त्यसैगरी गत वर्ष यस अवधिमा यस्तो आम्दानी ३२ करोड १७ लाख रुपैयाँ थियो भने कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गरेको छ भने हाल कम्पनीको बजार मूल्य प्रतिकित्ता २८८ रुपैयाँ छ ।

 


प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?