१ ,असोज ,एजेन्सी । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘हार्दिक धन्यवाद’ व्यक्त गरेका छन् । उत्तर कोरियाली नेता किमको रूसको सुदूर पूर्वको भ्रमणले युक्रेनमा युद्धका लागि आणविक शक्ति सम्पन्न प्योङयाङले मस्कोलाई हतियार उपलब्ध गराउन सक्ने पश्चिमाहरूको आशङ्कालाई बढावा दिएको छ । भ्रमणका क्रममा
१ ,असोज ,बुटवल । बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडका सञ्चालक तथा कम्पनी प्रतिनिधि रामशरण तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर
१ ,असोज ,कास्की, ।पोखरा महानगरपालिकाका दुई वडाले संयुक्तरूपमा बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । पोखरा महानगरपालिका–१६ र १९ ले वडा वासीका लागि एम्बुलेन्स सेवा प्रदान गर्न एम्बुलेन्स सेवा प्रदायक संस्था नव आदर्श सामुदायिक विकास समाज तथा मातृशिशु मितेरी अस्पतालसँग सम्झौता गरेका छन् । महानगरपालिकाका प्रमुख धनराज आचार्यको
१ ,असोज ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका राष्ट्रिय प्रणाली एकीकृत गरी दीर्घकालीन नीति र कार्यक्रमको तर्जुमा तथा कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय विज्ञान दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सरकार अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता प्रवद्र्धधनका लागि आवश्यक विधेयक र नियमावलीहरू तर्जुमाको
१ ,असोज ,वाशिङ्टन डिसी। परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला–साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताए। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री साउदलाई अमेरिकामा रहेका विभिन्न सङ्घसंस्थाले आयोजना गरेका स्वागत तथा सम्मान कार्यक्रममा उनले नेपालले हासिल गरेको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएको अनुभवलाई
१ ,असोज ,काठमाडौँ । काठमाडौँ तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य समिलमा भएको चार जनाको हत्या प्रकरण सामान्य निहुँमा भएको प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरीद्वारा गठित छानबिन समितिका अनुसार एकै परिवारका तीनसहित चार जनाका विभत्स हत्या प्रकरण रिसिइबी र प्रतिशोधले भएको पाइएको हो । विगतमा मोटरसाइकलले ठक्कर दिएको र त्यस
१ ,असोज ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिएका छन्। संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन अमेरिका रहेका प्रचण्डले त्यहाँ स्थित नेपाली सञ्चारकर्मीसँग आइतबार भएको भेटमा नेपाली नागरिकलाई मतादानको अधिकारबाट बञ्चित हुन नदिइने बताए । विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन
१ ,असोज ,काठमाडौँ । ताप्लेजुङको सिँकैचामा जन्मेका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेपालको वाम–लोकतान्त्रिक आन्दोलामा लामो समयदेखि संलग्न व्यक्तित्व हुन् । विसं २०७९ को निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट झापा क्षेत्र नं २ बाट निर्वाचित घिमिरे नेपालको संविधान कार्यान्वयनका क्रममा अघि बढेकाले यसको प्रभावकारी कार्यान्वयनबाट नै आम जनताको जीवनमा परिवर्तन आउने धारणा
१ ,असोज ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच न्यूयोर्कस्थित मुख्यालयमा आइतबार भेटवार्ता भएको छ । भेटमा उनिहरु बीचमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने, जलवायु परिवर्तन, शान्ति स्थापना, आपसी सहकार्य र साझेदारीलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहाल संयुक्त
१ ,असोज ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा गङ्गालाल तुलाधरका पिता रामबहादुर तुलाधरको पाटन अस्पातलमा उपचारका क्रममा ९७ वर्षका उमेरमा निधन भएको छ । उनि उच्च रक्तचापलगायत रोगबाट पीडित थिए । पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजसेवी रामबहादुरको निधनको खबरले अन्तन्तै मर्माहत