Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

मोर्चाद्वारा भूकम्पपीडितलाई सहयोग गर्न आग्रह


काठमाडौं। समाजवादी मोर्चा नेपालले जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेको छ । मोर्चाका अध्यक्ष माधवकुमार नेपालले आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा मृतकका शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नाका साथै पीडितलाई गाँस, बाँस, कपास र पुनःस्थापनाका लागि राहत उपलव्ध गराउन सरकारसँग माग गरेका छन् । त्यस्तै पीडितको उद्वार तथा आवश्यक उपचारको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको उक्त विज्ञप्तिमा तीनै तहका सरकारले पीडितको उद्धारमा देखाएको अग्रसरताको सह्राना गरिएको छ । सो विज्ञप्तिमा मोर्चा आवद्ध दल त्यसका सबै कमिटीलाई उद्वारकार्यमा सरकारलाई आवश्यक सहयोग गर्न निर्देशन दिइएको छ भने विपतको बेलामा सबै प्रकारका सहयोग तथा राहतको व्यवस्था गर्न देश विदेशमा रहेका नेपालीलाई आग्रह पनि गरिएको छ । त्यसैगरी गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो ।


प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?