Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

समाचार


विद्युत् विधेयक–२०८० : राष्ट्रिय हितलाई केन्द्रमा राख्न सांसदहरुको माग

२१ ,असोज ,काठमाडौँ । मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले प्रस्तुत गरेको विद्युत् विधेयक–२०८० का केही प्रावधान राम्रा भए पनि अधिकांश विषय अस्पष्ट रहेका टिप्पणी सांसदहरुले गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्नुभएको विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरुले विधेयकलाई थप परिस्कृत गर्नुपर्ने

सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

२१ ,असोज ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षा र चुनौतीको विषयलाई सुक्ष्म अध्ययन गरी आवश्यक रणनीतिसहित अगाडि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौँमा आज सिनं १५का सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले नेपालको संविधान, प्रचलित कानुनको अधिनमा

भारतको कर्नाटकमा आगलागी हुँदा चौधको मृत्यु

२१ ,असोज ,नयाँदिल्ली । भारतको दक्षिणी राज्य कर्नाटकस्थित पटका पसलमा आइतबार आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । कर्नाटक राज्यको राजधानी बेङ्गलोरको एटिबेल क्षेत्रमा आगलागी भएको र घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ

देश र जनताको सेवामा समर्पित हुन गृहमन्त्रीको निर्देशन

२१ ,असोज ,काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो योग्यता र क्षमता देशका निम्ति लगाउन सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आज भएको सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री श्रेष्ठले देशमा शान्तिसुरक्षा कायम गर्ने तथा सुव्यवस्था सुनिश्चित गर्ने गहन

इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न एमालेको अनुरोध

२१ ,असोज ,गोदावरी (कैलाली) । नेपाल कम्युनिष्ट पार्टी(एमाले) ले इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग अनुरोध गरेको छ । आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले शनिबार इजरायलमा भएको आतङ्कवादी हमलामा घाइते भएका नेपालीको उद्धार तथा त्यहाँ रहेका आफ्ना नागरिकको सुरक्षा सुनिश्चत गर्न आग्रह गरेका हुन्

‘बालसुधार गृह व्यवस्थापनमा सरकार क्रियाशील छ’

२१ ,असोज ,काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालसुधार गृह व्यवस्थापनमा सरकार क्रियाशील रहेको बताएका छन् । हाल विराटनगर, वीरगञ्ज, मकवानपुर, डोटी, भक्तपुर, पोखरा, नेपालगञ्ज र भैरहवामा सञ्चालित बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका रहेकाले त्यसको व्यवस्थापनमा सरकार क्रियाशील रहेको मन्त्री आचार्यले बताएका हुन् । राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन

जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन

२१ ,असोज ,जुम्ला । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । दसैँलगायत चाडबाडलाई लक्षित गरी जुम्लाका स्थानीयलाई सहुलियतमा चामल बिक्री गर्न आजदेखि सुपथ पसल सञ्चालन भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार जुम्लामा एक हजार दुई सय क्विन्टल चामल

नयाँ नोट सटही असोज २९ गतेदेखि

२१ ,असोज ,काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ

इजरायलमा रहेका नेपालीहरुको उद्दार गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरुको उद्दार तथा स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार वक्तव्य जारी गर्दै इजलरालमा भएको आक्रमणको भर्त्सना गरेका छन् । केही नेपाली घाइते भएको र केही बन्धक बनाएको भन्दै देउवाले इजरायलमा रहेका नेपालीहरुलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउन माग गरेका

प्रष्ट देखिने गरी काम गर्न सञ्चार सचिवको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले मातहतका निकायलाई प्रस्ट देखिने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको नियमित बैठकमा उनले आ–आफ्ना निकायमा देखिने गरी काम गर्न र योजना बनाउन निर्देशन दिएका हुन् । “मन्त्रालयले सञ्चार क्षेत्रको समग्र नेतृत्व गर्छ, सबैले

सम्वन्धित समाचारहरु