Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

प्रष्ट देखिने गरी काम गर्न सञ्चार सचिवको निर्देशन


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले मातहतका निकायलाई प्रस्ट देखिने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको नियमित बैठकमा उनले आ–आफ्ना निकायमा देखिने गरी काम गर्न र योजना बनाउन निर्देशन दिएका हुन् । “मन्त्रालयले सञ्चार क्षेत्रको समग्र नेतृत्व गर्छ, सबैले देखिने गरी संविधानको भावनाअनुसार सहअस्तित्व, समन्वय र सहकार्यका आधारमा काम गर्न जरुरी छ, राम्रोसँग योजना बनाएर काम गर्दा प्रगति पनि देखिन्छ ” उनले भने ।

बैठकमा अध्यक्ष धमेन्द्र झाले ऐन र नियमावली सञ्चार मन्त्रालयमा रहेकाले काम गर्न कठिनाइ भएको जानकारी दिँदै कानुन बनाउँदा सङ्घीय कानुनअनुसार प्रदेश र स्थानीय तह पनि बनाउनुपर्ने आश्यकता समेत औँल्याएका छन् ।


प्रकाशित मिति: २१ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?