Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन


२१ ,असोज ,जुम्ला । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । दसैँलगायत चाडबाडलाई लक्षित गरी जुम्लाका स्थानीयलाई सहुलियतमा चामल बिक्री गर्न आजदेखि सुपथ पसल सञ्चालन भएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार जुम्लामा एक हजार दुई सय क्विन्टल चामल मौज्दात छ । यस वर्षको दसैँका लागि उक्त परिमाणको चामल पर्याप्त हुने बताइएको छ । हाल कम्पनीको गोदाममा दसैँका लागि एक हजार दुई सय, जुम्ला कारागारका लागि दुई सय ८० क्विन्टल छुट्याइएको छ ।

सम्बन्धित वडा कार्यालयको सिफारिसमा उक्त कार्यालयले चामल बिक्री गर्नेछ । जिल्लाको वार्षिक कोटा पाँच हजार पाँच सय क्विन्टल रहेको छ भने हालसम्म एक हजार तीन सय २० क्विन्टल चामल भण्डारण गरिएको छ । उक्त कार्यालयका अनुसार थप चार हजार एक सय ८० क्विन्टल चामल प्राप्त हुन बाँकी छ ।


प्रकाशित मिति: २१ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?