काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरुको उद्दार तथा स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार वक्तव्य जारी गर्दै इजलरालमा भएको आक्रमणको भर्त्सना गरेका छन् । केही नेपाली घाइते भएको र केही बन्धक बनाएको भन्दै देउवाले इजरायलमा रहेका नेपालीहरुलाई तत्काल सुरक्षित स्थानमा पुर्याउन माग गरेका छन् । साथै इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन छिमेकी देशहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन, अन्तर्राष्ट्रिय रेडक्रस समिति लगायत संपूर्ण अन्तर्राष्ट्रिय समुदायहरूसँग आग्रह समेत गरेका छन् ।
प्रकाशित मिति: २१ आश्विन २०८०, आईतवार