गोरखा । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बनाउन संभव छ र हामीले नै बनाउने हो भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताउनुभएको छ ।गोरखाको पालुङ्टार नगरपालिका १० मा आजदेखि सुरु भएको चौथो मिरकोट कोटगढी महोत्सव २०८१ को उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो
काठमाडौं । बिहीवार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर पीडित बालबालिकाहरुले सर्वसुलभ रुपमा निःशुल्क औषधि पाउने बताउनुभएको हो । उहाँले क्यान्सर पीडित बालबालिकाको निःशुल्क उपचारको अभियान तीन महिनादेखि कार्यान्वयन भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायत संस्थाहरुले औषधि उपलब्ध गराएपछि थप सहज भएको बताउनु भयो
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनावद्ध विकास हुन नसकेको बताउनुभएको छ । बिहीवार काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले विकास निर्माणका कामहरु अगाडि बढाउनका लागि प्राथमिकता निर्धारण गर्न जरुरी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अमेरिकाबाट विभिन्न शिर्षकमा आएको रकमको हिसाव माग्नुपर्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा संघीयताको नाममा आएको रकम अमेरिकी राष्ट्रपतिले भ्रष्टाचार भन्नुभएकाले कसले र किन ल्यायो छानविन गरी कारबाही
काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत जाने कार्यक्रम रद्द गरेका छन्। सभापति देउवा बिहीबार भारत जाने र शुक्रबार उत्तरप्रदेशस्थित प्रयागराजमा इन्डिया फाउण्डेसनले गर्ने सम्मेलनमा मुख्य वक्ताका रूपमा सहभागी हुने कार्यक्रम रहे पनि अन्तिम समयमा सभापति देउवाले भ्रमण रद्द गरेका हुन्।
काठमाडौं । भारतको ओडिसास्थित किट विश्वविद्यालयले नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति दिने बताएको छ । सोही विश्वविविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको केही दिनअघि होस्टलमै मृत्यु भएको थियो । घटनापछि किटले नेपालकी एक प्रतिभाशाली विद्यार्थी गुमाउन पुगेको भन्दै स्वर्गीय प्रकृतिको शोकसन्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । उनको असामयिक
भारत । केआईआईटीमा ‘शंकास्पद मृत्यु’ भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम संस्कार मध्यराति नै गरिएको छ। आइतबार विश्वविद्यालयको छात्रावासमा मृत अवस्थामा फेला परेकी उनको मंगलबार पोष्टमार्टमपछि उनको शव परिवारको जिम्मा लगाइएको थियो।
काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको संघीयताबारे दिएका अभिव्यक्तिको छानबिन गर्न माग गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता भण्डकारीले ट्रम्पमको अभिव्यक्तिको विषयमा सरकारले छानबिन गर्नुपर्ने बताएका हुन् । देशभन्दा ठुलो कोही नहुने र हुन पनि नसक्ने भन्दै के भएको थियो?
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले नेपालमा राजसंस्था पुनर्स्थापनाको सम्भावना नै नरहेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र अब प्रधानमन्त्री बन्न सक्ने तर फेरि श्रीपेच लगाउने सपना (राजा बन्ने) नदेख्दा नै राम्रो हुने
भारत । दिल्लीले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । भारतीय सत्तारुढ दल भाजपाकी नेतृ रेखा गुप्ता दिल्लीको मुख्यमन्त्री बन्दैछिन् । उनले आज शपथ लिनेछिन् । रेखासँगै अन्य ६ जानले पनि आज शपथ लिन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार साँझ बसेको भाजपा विधायक दलको बैठकले मुख्यमन्त्रीको नाम घोषणा गरेको हो