२५ फागुन, काठमाडाैँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा राखिएको सङ्घीय सांसद मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले यसअघि नै मतदान गरिसकेका छन् । अहिले बिहान १०
२५ फागुन, काठमाडाैँ। राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पाैडेल र सुवासचन्द्र नेम्वाङले एक अर्कालाई वियजको शुभकामना दिएका छन् । संसद भवनमा निर्वाचन चलिरहँदा दुबै उम्मेदवारले शुभकामना व्यक्त गरेका हुन् । नेपालको तेश्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पाैडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् । ‘लोकतन्त्रका लागि र ब्यवस्था
२५ फागुन, काठमाडाैँ। नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ । निर्वाचनकै दिन एक विज्ञप्ती निकाल्दै नेमकिपाले राष्ट्रपति निर्वाचनमा सहभागी नहुने प्रष्ट पारेको हो । विज्ञप्तीमा कांग्रेस र एमालेकोतर्फबाट उम्मेदवार बनेका दुवै उम्मेदबार तात्विक भिन्नता नभएको भन्दै निर्वाचनमा पार्टीका मतदाताहरुले मतदान गर्न नजाने उल्लेख गरिएको छ ।
२५ फागुन, काठमाडाैँ । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो । प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडीखेलमा आयोजित
२५ फागुन, एजेन्सी। भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ । उनको ६६ वर्षको उमेरमा निधन भएको हो । शवना आजमीको निवासमा होली मनाएर उनी पारिवारिक होली खेल्न दिल्ली गएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार होली खेलिसकेपछि असहज महशुस गरेका काैशिकलाई फरटिज अस्पतालमा भर्ना गरिएको
२५ फागुन, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले यसअघि नै मतदान गरिसकेका छन् । अहिले बिहान १० देखि
२५ फागुन, काठमाडाैँ। सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने लक्ष्यका साथ सङ्क्रमणकालीन न्यायसँग जोडिएका दुई महत्वपूर्ण विधेयक सङ्घीय संसद्मा दर्ता गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति प्रक्रियाका कामलाई यथाशीघ्र अगाडि बढाउने लक्ष्यका साथ ती महत्वपूर्ण विधेयक अगाडि बढाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले बेपत्ता
२५ फागुन, काठमाडाैँ। काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगोको सङ्केत देखिएपछि आकस्मिक अवतरण गरिएको छ । विमानस्थलका प्रवक्ता टेकनाट सिटौलाका अनुसार श्री एयरलाइन्सको उडान नं ८२१ को जहाजको इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि जहाज बिचबाटै काठमाडौँतर्फ फर्काइएको हो । उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरअघि सकुशल अवतरण गराइएको र
२५ फागुन, काठमाडाैँ। नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान सुरु भएको हो । सङ्घीय सांसदतर्फ राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले तथा प्रदेशसभातर्फ बागमती प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठले पहिलो मतदान गर्नुभयो ।
२५ फागुन, काठमाडाैँ। राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको मतदान केन्द्रमा उनले केहीबेर अघि मतदान गरेका हुन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले आफू राष्ट्रपतिमा निर्वाचित भएमा जनताको अभिभावकको रुपमा काम गर्ने बताए । उनले निर्वाचित भएमा