Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

सबै दलले सरकारलाई विश्वासको मत दिनुहुन्छ : मुख्यमन्त्री थापा


२२ असार ,मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सबै दलले वर्तमान सरकारलाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन् ।

मुख्यमन्त्री पदको सपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी एक महिनाभित्र प्रदेशसभामा रहेका सबै राजनीतिक दलको सहमतिमा सरकारले विश्वासको मत प्राप्त गर्ने बताए ।

नवनियुक्त मुख्यमन्त्री थापाले गठबन्धन दलको सहमतिमा बनेको यो सरकारले जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्ने स्पष्ट पारे । उनले भने, “संविधानको मूल्य र मान्यताअनुसार यो सरकार गठन भएको छ, जनताको चाहनाअनुसार विकास र समृद्धिका कार्य अगाडि बढ्छन् ।”

मुख्यमन्त्री थापाले आज पहिलो चरणमा दुईजना मन्त्री नियुक्त भए पनि केही दिनमा मन्त्रीमण्डलले पूर्णता पाउने धारणा राखे । उनले गठबन्धन दलको सहमतिमा मन्त्रिमण्डल विस्तार गर्नुका साथै मन्त्रालयको सङ्ख्या वृद्धि नगर्ने बताए ।

मुख्यमन्त्री थापाले प्रदेशलाई समृद्धि बनाउन सबैको सहयोग र सहकार्यका साथ वर्तमान सरकारले कार्य गर्ने स्पष्ट पारे ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?