Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सबै दलले सरकारलाई विश्वासको मत दिनुहुन्छ : मुख्यमन्त्री थापा


२२ असार ,मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सबै दलले वर्तमान सरकारलाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन् ।

मुख्यमन्त्री पदको सपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी एक महिनाभित्र प्रदेशसभामा रहेका सबै राजनीतिक दलको सहमतिमा सरकारले विश्वासको मत प्राप्त गर्ने बताए ।

नवनियुक्त मुख्यमन्त्री थापाले गठबन्धन दलको सहमतिमा बनेको यो सरकारले जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्ने स्पष्ट पारे । उनले भने, “संविधानको मूल्य र मान्यताअनुसार यो सरकार गठन भएको छ, जनताको चाहनाअनुसार विकास र समृद्धिका कार्य अगाडि बढ्छन् ।”

मुख्यमन्त्री थापाले आज पहिलो चरणमा दुईजना मन्त्री नियुक्त भए पनि केही दिनमा मन्त्रीमण्डलले पूर्णता पाउने धारणा राखे । उनले गठबन्धन दलको सहमतिमा मन्त्रिमण्डल विस्तार गर्नुका साथै मन्त्रालयको सङ्ख्या वृद्धि नगर्ने बताए ।

मुख्यमन्त्री थापाले प्रदेशलाई समृद्धि बनाउन सबैको सहयोग र सहकार्यका साथ वर्तमान सरकारले कार्य गर्ने स्पष्ट पारे ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?