Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

एकल आमालाई ‘बगान’ निःशुल्क देखाइने


२२ असार ,काठमाडौँ । चलचित्र ‘बगान’ निर्माण समूहले एकल आमालाई निःशुल्करुपमा चलचित्र देखाइने घोषणा गरेको छ ।

एकल आमाको कथालाई प्रस्तुत गरिएको चलचित्रका निर्देशक सरोज खनालले विवरण खुल्ने कागजात देखाएर देशभर नै निःशुल्क चलचित्र हेर्न सकिने जानकारी दिए ।

“हामीले प्रतिनिधि आमालाई सम्मान गरेका हौँ । उनिहरूले समाजसँग लडेर सन्तानलाई सफल बनाउनु भएको योग्दानलाई चलचित्रमार्फतसमेत बुझाउदै छौँ”, निर्देशक खनालले भने, उहाँहरूले परिचय खुल्ने विवरण पेश गरेर देशभरका चलचित्र भवनमा निःशुल्क चलचित्र हेर्न पाउनु हुनेछ ।”

अभिनेत्री मानन्धरले उक्त सङ्घर्षलाई नजिकबाट महसुश गरेको बताए । “मलाई एकल आमाले नै हुर्काउनुभयो । उहाँको सङ्घर्ष र दायित्वलाई बुझेकी छु । साचै तीभन्दा माहान योद्धा अन्य छैनन्”, अभिनेत्री मानन्धरले भनिन् ।

चलचित्र ‘बगान’लाई सुरेश वाग्लेले निर्माण गर्नुभएको हो भने यसमा मिथिला शर्मा, नीर शाह, प्रमिला कार्कीलगायतले अभिनय गरेका छन् ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?