Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

पूर्वको चर्चित मुन्दुम पदमार्गको पार्श्वचित्र र गीतको विमोचन


२२ असार ,भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले नेपाल सरकारको घुम्नै पर्ने १०० गन्तव्य भित्र पर्न सफल मुन्दुम पदमार्गलाई समेटेर निर्माण गरिएको पार्श्वचित्र र गीतको विमोचन गरिएको छ ।

यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्यले निर्माण गरिएको पार्श्वचित्र र गीतको गाउँपालिका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राईले विमोचन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेले जानकारी दिए । पार्श्वचित्र निर्माणले यहाँको पर्यटकीयको क्षेत्रको विकासमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

पार्श्वचित्रमा केही कुरा छुटेको भए त्यसलाई पनि थप गर्ने उहाँको भनाइ छ । गाउँपालिका उपाध्यक्ष रमादेवी राईले पार्श्वचित्र मुन्दुम पदमार्गका धेरै कुरा समेटिएको भए पनि केही कुरा समेट्न आवश्यक रहेको बताए । यहाँ वर्णन गरिएका केही विषयवस्तुको दृश्य छुटेको उनको भनाइ छ ।

पर्यटनलाई लक्षित गरेर गाउँपालिकाले पर्यटन सूचना केन्द्रसमेत निर्माण गरिएको छ । उकालो ओरालो हुँदै फैलिएको यो पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला हेर्न सकिन्छ । त्यस्तै पदमार्गको आसपासमा निर्माण भएका किरात, राईको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला–ठूला घाँसे मैदान, स्थानीय गोठवालाले पालेका चौरी, भेडीचोकलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने गर्दछ ।

यहाँका किरात राई, शेर्पा, तामाङलगायत जातजातिको पहिचान झल्कने परिकार, गोठवालाले उत्पादन गर्ने अर्गानिक खानेकुरा, विभिन्न किसिमका वन वनस्पति, जडीबुटीलगायत स्वाद लिन सकिन्छ । नेपालका सबै हिमाललाई एकै ठाउँबाट हेर्न सकिने स्थान पनि हो । त्यस्तै रविन्द्र राईको शब्दसङ्गीत र कला राई र रविन्द्र राईको स्वरमा रहेको गीतमा मुन्दुम पदमार्गसँगै यहाँका पर्यटकीय क्षेत्रलाई समेटेर निर्माण गरिएको गीतको पनि विमोचन गरिएको छ ।

करिब आठ मिनेटको गीतमा यहाँको पर्यटकीय क्षेत्रको वर्णन गरिएको छ । गीतमार्फत पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नको गीत निर्माणसँगै छायाङ्कनको लागि वडा कार्यालयको रु दुई लाख आर्थिक सहयोग गरेको टेम्केमैयुङका वडाध्यक्ष नभराव माम्फाहाङ राईले जानकारी दिए । “हामी मुन्दुम पदमार्गसँगै यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा जुटेका छौँ”, वडाध्यक्ष माम्फाहाङ भने, “मुुन्दुम पदमार्ग क्षेत्रको प्रचारको लागि वडाले पनि केही आर्थिक सहयोग गरेको छ । गीतमार्फत हाम्रो वडा क्षेत्रमा रहेका यहाँको पहिचान झल्काउने स्थान समेटिएको छ ।”

यो पदमार्ग भोजपुर र खोटाङको सीमाना तावा भञ्याङ–चखेवा भञ्याङ– धोद्रे–हाँस पोखरी–तारा खसको–बलौटे भञ्याङ–लौरी भञ्याङ–निकास माने हुँदै भोजपुरको सबैभन्दा अग्लो चुचुरो सिलिचुङ डाँडामा पुगेर एकराते–पखुवा भञ्याङ– बाघखोर–सुन्तले–बाघखोर हुँदै भोजपुर नगरपालिका–१० भैसीपंखाको साम्पाङ चोकमा आएर टुङ्गिन्छ ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?