६ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोटो समयमा प्रभावकारी काम गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले सरकारले छोटो समयमा अर्थतन्त्रको पुनरुत्थान, सुशासनको प्रत्याभूति, विकास निर्माणलाई तीव्रता दिन इमान्दारितापूर्वक क्रियाशील रहेको बताए । संसदको आजको बैठकमा आफ्नो पक्षमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने क्रममा
६ चैत्र, काठमाडौँ । निजामती कर्मचारी अस्पतालका कर्मचारीले कार्यकारी निर्देशक, मेडिकल डाइरेक्टर र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् । चैत्र २ बाट आन्दोलनमा होमिएका कर्मचारीले कार्यकारी निर्देशकको राजिनामा माग गर्दै आन्दोलन गरिरहेका छन् । निजामती कर्मचारी अस्पतालमा क्रियाशिल आधिकारिक ट्रेड यूनियनको अगुवाइमा आन्दोलन गरेका हुन् । अस्पतालले केहि दिनअघि
६ चैत्र, काठमाडाैँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकले दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले आज विश्वासको लिँदैछन् । उनलाई ११ दलले विश्वासको मत दिने बताएका छन् ।
६ चैत्र, काठमाडाैँ । सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाएपनि गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन् । फागुनमा नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति र व्यक्तिगत गरी ६१ हजार आठ सय ४५ ले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार
६ चैत्र, काठमाडाैँ । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई ज्ञापन गरेका छन् । आज एक वक्तव्य जारी गर्दै उनले उपराष्ट्रपति यादवलाई कार्यकाल सफलताको कामना व्यक्त गरेका हुन् । दुई कार्यकाल गरी सात वर्ष पाँच महिना उपराष्ट्रपति पदमा रहँदा आफ्नो सबैसँग सौहाद्र र सहयोगात्मक सम्बन्ध रहेको जनाउँदै
६ चैत्र, काठमाडाैँ । सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको हो । बैठकले रासायनिक
६ चैत, काठमाडाैँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवको राजिनामा स्वीकृत भएको छ । उनले जनता समाजवादी पार्टीबाट दिएको राजीनामा स्वीकृत भएको हो । उनले चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्य समेत नरहने गरि पदबाट राजीनामा दिएका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादवले सोमबार उनको राजिनामा स्वीकृत गरेका हुन् ।
६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ । अघिल्लो दिन नयाँ रेकर्ड कायम गरेको सुनको भाउ साेमवार घटेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार
६ चैत्र, काठमाडाैँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिएका हुन् । यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा
६ चैत्र, बर्दिबास । बर्दिबास नगरपालिकाका किसानले शीतभण्डार सञ्चालनको माग गरेका छन् । चिस्यानघर तयार भएपछि तरकारी र फलफूल उत्पादन भण्डारण गरेर मागका बेला राम्रो मूल्यमा बेच्ने आशमा उनीहरु छन् । काम थालिएको चार वर्ष नाघ्दासम्म निर्माण सम्पन्न नभएपछि यहाँका किसानमा यो कहिले बनीसक्ने हो भन्ने कौतुहलता बढेको छ ।