Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाइनेछ : मन्त्री गुरुङ


२८,असार ,काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधयेक, २०८० को कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले विभिन्न अदालतमा रिक्त रहेको न्यायाधीश पदमा नियुक्ति प्रक्रिया तत्काल अघि बढाउने बताए । “विभिन्न अदालतमा न्यायाधीश पद रिक्त छ, नियुक्ति प्रक्रिया लागि चाँडै अघि बढाइनेछ”, मन्त्री गुरुङले भने, “न्याय परिषद्को सदस्यको भएकाले छिट्टै त्यो काम अघि बढाउने छु ।”

मन्त्री गुरुङले नेपालको संविधान जारी भएपछि सङ्घीयता कार्यान्वयनका लागि कानुनको अध्ययन, पहिचान र अध्ययन गरिरहेको सदनलाई जानकारी दिँदै केही नेपाल ऐन संशोधनमार्फत दुई सयभन्दा बढी कानुन निर्माण गरिसकेको जानकारी दिए  । “मौलिक हकका कानुनको पनि निर्माण गरिसकेको छ, संविधान जारी भइसकेपछि एक सय ९१ ऐन जारी भइसकेको छन्”, उनले भने, “मौलिक हक कार्यान्वयन गर्नका लागि आवश्यक कानुन बनिसकेका छन्, दुईवटा नियमावली मात्र बन्न बाँकी छ, त्यो बन्ने प्रक्रियामा छ ।”

मन्त्री गुरुङले न्यायलाई जनतासँग जोड्नकै लागि स्थानीय तहमा न्यायिक समिति निर्माण गरिएको र सरकार सङ्घीयता कार्यान्वयनका लागि आवश्यक पर्ने र अन्य कानुन जिम्मेवार भएर कानुन निर्माण गरिरहेको बताए ।

कानुन मन्त्रालयका विषयमा सांसदहरू भगवती न्यौपाने र दिलकुमारी थापा पार्वतीलागयतले कानुन बनाउने प्रक्रियामा ढिलाइ भएको र विधेयक मस्यौदामा गर्न धेरै समय लागाएको र संविधान अनुकूलका कानुन अझै बन्न नसकेको विषयमा प्रश्न गरेका थिए ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?