Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत


२८,असार ,काठमाडौँ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो । त्यसअघि बैठकले सांसद अनिता देवकोटाले पेस गरेको नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

सांसद देवकोटाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ को उपनियम (१) बमोजिम विधेयकमा सुझाव पेस गर्ने प्रावधान हाल विशेष परिस्थितिवश आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने, २०८० को हकमा लागू गर्न नसकिने भएकाले नियमावलीको १३२ को उपनियम (४) बमोजिम २४ घण्टाको अवधिलाई छोट्याई आज अपराह्न ५ः०० बजेदेखि भोलि बिहान १०ः३० बजेसम्म कायम रहने गरी निलम्बन गरियोस् भनी प्रस्ताव गरेका थिए ।

सांसदहरू गोपीबहादुर अछामी, मदनकुमारी शाह (गरिमा)ले उक्त प्रस्तावको समर्थन गरेका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि सुझाव पेस गर्न चाहने सदस्यले भोलि बिहान १०ः३० भित्र सुझाव पेस गर्न सकिने जानकारी गराए ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?