Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत


२८,असार ,काठमाडौँ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो । त्यसअघि बैठकले सांसद अनिता देवकोटाले पेस गरेको नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

सांसद देवकोटाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ को उपनियम (१) बमोजिम विधेयकमा सुझाव पेस गर्ने प्रावधान हाल विशेष परिस्थितिवश आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने, २०८० को हकमा लागू गर्न नसकिने भएकाले नियमावलीको १३२ को उपनियम (४) बमोजिम २४ घण्टाको अवधिलाई छोट्याई आज अपराह्न ५ः०० बजेदेखि भोलि बिहान १०ः३० बजेसम्म कायम रहने गरी निलम्बन गरियोस् भनी प्रस्ताव गरेका थिए ।

सांसदहरू गोपीबहादुर अछामी, मदनकुमारी शाह (गरिमा)ले उक्त प्रस्तावको समर्थन गरेका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि सुझाव पेस गर्न चाहने सदस्यले भोलि बिहान १०ः३० भित्र सुझाव पेस गर्न सकिने जानकारी गराए ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?