Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

मकवानपुरबाट अवैध सुनसहित एक पक्राउ


२८ ,असार ,मकवानपुर । मकवानपुर प्रहरीले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट आज बिहान अवैध सुनसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१ बस्ने ३५ वर्षीय प्रभु साह सोनार रहेका छन् । उनलाई विशेष सूचनाका आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले रु ४७ लाख ३६ हजार सात सय २९ बराबरको चार सय ८९ ग्राम ३७ मिलीग्राम सुनसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

उनका अनुसार बिहान साढे ११ बजेको समयमा काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना१ज ७४९० नम्बरको यात्रुवाहक सुमोलाई रोकी जाँच गर्ने क्रममा उक्त सुमोमा सवार सोनारको साथबाट सो परिमाणको सुन बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?