Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत


२८ ,असार ,काठमाडौँ । राष्ट्रियसभाले ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा उद्योेग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सो विधेयक संसदीय समितिमार्फत व्यापक छलफल गरी परिस्कृत विधेयकका रूपमा निर्माण गर्न सांसदहरुसँग आग्रह गरे ।

“यो विधेयक यथास्थितिमा पारित हुन गइरहेको छैन”, मन्त्री रिजालले भने, “संसदीय समितिमा पठाएर विस्तृत छलफल गराएर आएको परिस्कृत विधेयकलाई दुवै सदनबाट पारित गर्ने गरी हामीले कार्यक्रम राखेका छौ ।”

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सदस्यले राष्ट्रियसभाको विधेयक शाखामा संशोधन दर्ता गर्न सक्ने जानकारी गराए । राष्ट्रियसभाको अर्को बैठक यही असार २९ गते बिहान ११ः१६ बजे बस्नेछ ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?