काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको पहलमा राजधानीमा बसोबास गरिरहेका जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित व्यक्तिहरुका लागि ४ वटा बस नि:शुल्क गरिएको छ । स्वास्थ्य मन्त्री बस्नेतको आग्रहमा पुर्व अरनिको यातायतले २ वटा बस जाजरकोटका लागि र २ बस पश्चिम रुकुमका लागि नि:शुल्क उपलब्ध गराएको जानकारी दिएको छ
काठमाडौः प्रधानमन्त्री प्रचण्ड बिहानै स्वास्थ्यकर्मीको टोली लिएर भूकम्प प्रभावित क्षेत्रमा जानूभएको हो । त्यहाँ उहाँले स्थलगत अवलोकन गर्दै हुनुहुन्छ ।
काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गर्दै आवश्यक सहयोगका लागि तयार रहेको पनि जनाएको छ । ‘ दूतावासले सामाजिक सञ्जालमा लेख्दै भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ '।
१८ ,कात्तिक ,जानकी (बाँके) । जाजरकोट केन्द्रविन्दु बनाएर गए राति गएको भूकम्पमा परी घाइते भएकाको उपचार व्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूकम्पमा परी घाइते भएकाको उपचार व्यवस्था मिलाउन भेरी अस्पताललाई प्राविधिक रुपमा पूर्णतयारी गरिएको छ । “अस्पताललाई उपचारका लागि
१८ ,कात्तिक ,काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूकम्पमा कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा भएका घाइतेहरुको राहत र उद्धारमा जुट्न आग्रह गरेका छन् । अध्यक्ष तिमिल्सिनाले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त स्थानमा राहत र उद्धारका लागि सरकार, सबै राजनीतिक दल, सुरक्षा निकाय र नागरिक समाजलाई आग्रह गरिएको छ
१८ ,कात्तिक ,काठमाडौँ । सभामुख देवराज घिमिरेले जाजरकोटमा गए राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धारमा जुट्न अनुरोध गरेका छन् । उनले उद्धार र राहतमा सक्रियरुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गरेका हुन् । सभामुख घिमिरेले
१८ ,कात्तिक ,इटहरी (सुनसरी) । ‘जाउँ है पोखरा’ अभियानका साथ होटेल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा पूर्वी नेपालका सहरमा पोखराको प्रवर्द्धन गर्न बिहीबारदेखि निस्किएको टोली विराटनगर आइपुुगेको छ । आन्तरिक पर्यटनको प्रवर्द्धनको लक्ष्यका साथ २० वर्ष अघि होटेल सङ्घ पोखराले पूर्वी नेपालको इलामबाट ‘जाउँ है पोखरा’ अभियान सुरु
१८ ,कात्तिक ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन् । उनले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । जाजरकोटको बारेकोट
१८ ,कात्तिक ,काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गए राति गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र उपचारमा खट्न सबैलाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उद्धारमा खटिन आग्रह गरे । “भूकम्प रातको समयमा गएकाले उद्धार प्रभावकारी हुन सकेको छैन होला । मैले बिहान त्यहाँका केही
१८ ,कात्तिक ,काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको