Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

उदयपुरमा धमाधम जग्गा नापजाँच हुँदै


२३ ,मङ्सिर ,कटारी । उदयपुरको कटारी नगरपालिका–१ कालीखोला गाउँबाट जग्गा नापी सुरु भएको छ । राष्ट्रिय भूमि आयोग उदयपुरका अध्यक्ष बलबहादुर तामाङका अनुसार पहिलो चरणमा ऐलानी जग्गाको नापी सुरु भएको हो ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित ढङ्गले बसोबास गरेकाहरूलाई नापजाँच गरेर जग्गाधनी प्रमाणपत्र प्रदान हुने अध्यक्ष तामाङले बताए । यसपटक कटारी नगरभित्रका सबै वडाको जग्गा नापी गरिने नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए ।

नापी सुरु भएपछि भूमिहीनहरूमा पुनः उत्साह थपिएको छ । “नापीको काम सुरु भएको छ यसपटक समस्या समाधान हुने आशामा छौँ,”भूमि अधिकारमञ्च कटारीका अध्यक्ष बालकृष्ण थापाले भने ।

कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले नगरभित्र जग्गा नापीको काम सुरु भएकाले अव भने भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थितले लालपुर्जा पाउने गरी काम अघि बढेको बताए । उदयपुरमा कटारीबाहेक बेलका, चौदण्डीगढी, त्रियुगा नगरपालिकामा जग्गा नापजाँच भइरहेको आयोगको उदयपुर कार्यालयले जनाएको छ ।

रौतामाई गाउँपालिकामा पनि जग्गा नापी सुरु भएको आयोगका अध्यक्ष तामाङले बताए । जिल्लामा जग्गा नापीको कामलाई तीव्रता दिएको बताउँदै उनले सबै स्थानीय सरकारसँगको सहकार्यमा नापीको काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रकाशित मिति: २३ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?