Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

आइटिएफ टेनिस : नेपाली मूलका आरबको समूह च्याम्पियन


२२ ,मङ्सिर ,कास्की । पोखरामा जारी अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ) को जे–३० प्रतियोगितामा पुरुष डबल्सतर्फ नेपाली मूलका अमेरिकी खेलाडी आरब सम्राट हाडा र जापानका रिकु हिगासीको जोडी च्याम्पियन बनेको छ ।

महिलातर्फ भने जापानका उता आसाकुरा र भारतका इशी महेश्वरीको जोडी प्रथम हुन सफल भयो । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न डबल्सतर्फको फाइनल खेलमा भारतका ओजास मेलावाट र अधिराज ठाकुरको जोडीलाई ६–२, ६–३ मा पराजित गरी आरभ र रिकुको जोडी प्रथम हुन सफल भयो ।

महिलातर्फ भारतका भेनेला रेडी गारुगुपाटी र सायवी गौरव दलालको जोडीमाथि आसाकुरा र महेश्वरीको जोडीले ६–३, ६–३ मा जीत हासिल गरेको हो ।
यसैगरी प्रतियोगिताको पुरुषतर्पm उपाधिका लागि आरब सम्राट हाडा र एलेक्से सिवोइले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष एकलतर्फको आज सम्पन्न सेमिफाइनलको खेलमा आरबले जापानका रिकु हिगासीलाई ६–३, ६–३ ले तथा एलेक्सेले भारतका जेसन डेभिडलाई वाकओभरमा जीत हासिल गर्दै फाइनलमा स्थान बनाउनुभयो । महिलातर्फ जापानका उता आसाकुरा र भारतका अर्जान खोराकीवाला फाइनल पुगेका छन् ।

आसाकुराले भारतका अन्भि पुनागाण्टीलाई ६–१, ६–१ ले तथा खोराकीवालाले भारतकै भामिका शर्मालाई ६–१, ६–० मा पराजित गर्दै फाइनलमा स्थान बनाए ।

दुई सातादेखि सञ्चालन भइरहेको प्रतियोगिताको समापन शनिबार हुने आयोजक कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष एवं प्रतियोगिता संयोजक लोक गुरुङले जानकारी दिए ।

प्रतियोगिताको डबल्सतर्फको विजयी खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, प्रतियोगिता निर्देशक अजय विष्ट लगायतले पदक तथा प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा पुरुषतर्फ ‘क्वालिफाइङ’ र ‘मेन ड्र’ गरी विभिन्न देशका ६४ खेलाडीको सहभागिता रहेको थियो । महिलातर्फ ४७ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा खेलाडीहरुले अङ्कका लागि प्रतिस्पर्धा गरेका छन् । खेलाडीले प्राप्त गरेको अङ्कले उनीहरुको वरियता निर्धारण गर्नेछ ।

विजेता खेलाडीले ३० अङ्क, उपविजेताले १८, ‘सेमिफाइनलिष्ट’ले नौ, ‘क्वाटरफाइनलिष्ट’ले पाँच र अन्तिम १६ मा पुग्ने खेलाडीले आइटिएफकोे दुई अङ्क पाउने प्रतियोगिता निर्देशक विष्टले बताए ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?