Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२९ माघ २०८२, बिहीबार
२९ माघ २०८२, बिहीबार

सुशासन प्रवर्द्धन गर्न टिआई नेपालको ध्यानाकर्षण


२२ ,मङ्सिर ,काठमाडौँ । मुलुकमा सुशासन प्रवर्द्धनका लागि आवश्यक काम गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआई नेपाल) ले ध्यानाकर्षण गराएको छ ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा टिआई नेपालले आज जारी गरेको वक्तव्यमा अवैध सम्पत्तिको चलखेल, दण्डहीनता र कुशासनले देशलाई जर्जर बनाउँदै लगी असफल राष्ट्र बनाउन सक्नेतर्फ स्पष्ट शब्दमा संसद, सरकार र मुलुकका सबै राजनीतिक दलको बारम्बार ध्यानाकर्षण गराउँदै आएको उल्लेख छ ।

मुलुकको जिम्मेवारी लिएर बसेका कुनै पनि पक्षले यिनका विरुद्ध प्रभावकारी एवं परिणाममुखी कार्य गर्न तत्परता नदेखाएकोमा विषयको गम्भीरता आत्मसात् गर्न नसकेको वा नचाहेको महसूस हुन थालेको टिआई नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

“देशलाई खोक्रो बनाउँदै लगेका विकृति निर्मूल गर्न निर्णायक कदम नचालिएसम्म जतिसुकै चर्का नारा, ठूला भाषण र छिनमै सेलाउने मौसमी तत्परताको कुनै अर्थ नरहने सर्वविदितै छ । दण्डित हुनुपर्ने र दण्ड दिने जिम्मेवारी वहन गर्नेबीचको सीमारेखा धमिलिँदै गएर अनुहार नछुट्टिने हुन पुग्नु असफल राष्ट्रको टड्कारो पूर्वसङ्केत हो भन्ने तथ्यलाई समेत उपेक्षा गर्न सकिँदैन ।”,उनले भने ।

अवैध तरीकाले आर्जित धनलाई स्वतः वैध तुल्याउने बाटो खोल्ने, व्यक्ति र समूहविशेषको निहित स्वार्थ–पोषणप्रति अभिलक्षित निर्णयलाई नीतिगत निर्णयको नाम दिएर छानबिनको दायराभन्दा बाहिर राख्ने, ठूला भ्रष्टाचारका मुद्दामा कारवाही नै नचल्ने र चले पनि तिनमा संलग्न उच्चपदस्थले उन्मुक्ति पाउने, राष्ट्रिय ढुकुटीको रकम अनुत्पादक कार्यमा खर्च गर्ने असङ्ख्य गल्छेडा खोल्दै जाने, पर्याप्त आम्दानीको कुनै दृश्य स्रोत नभएका सार्वजनिक व्यक्तिको विलासितापूर्ण जीवन र अकूत सम्पत्तिको कहिल्यै छानबिन नहुने, अदालतले जघन्य फौजदारी अपराधमा दोषी ठहर्याएका व्यक्तिको सजाय मिनाहा गर्ने जस्ता मुलुकको कानून, न्याय प्रणाली र लोकलाज समेतलाई उपेक्षा गर्ने कृत्यको अन्तहीन श्रृङ्खला तत्काल बन्द गर्न टिआई नेपालले संसद्, सरकार र सबै राजनीतिक दलको पुनः गम्भीर ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निरन्तर खस्कँदो अर्थतन्त्रलाई गति दिन समेत भ्रष्टाचार र कुशासनको अन्त्य गरी मुलुकलाई सदाचार एवं सुशासनको बाटोमा अघि बढाउनु जरूरी रहेको प्रधानाङ्गले बताए ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?