काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा शुक्रबार गएको भूकम्पप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन् । आफ्नो सन्देशमा उनले नेपालको कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति भएको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् । चिनियाँ सरकार र जनताकातर्फबाट राष्ट्रपति सीले मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना
काठमाडौं। प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले जाजरकोट भूकम्प पीडितको राहत र पुनर्स्थापना लागि सरकारको कोषमा संघीय सांसदको रूपमा प्राप्त हुने एक महिनाको तलब दिने भएका छन् । ‘विपत्तिको समयमा भूकम्पले क्षति पुर्याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीव्र बनाउन र पुनर्स्थापना लागि सरकारको कोषमा संघीय सांसदको रूपमा प्राप्त हुने एक
काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । सुनको मूल्य आज पनि तोलामा एक लाख १५ हजार ९ सय रुपैयाँ नै तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदी मूल्य भने तोलामा २५ रुपैयाँले बढेर आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको
जाजरकोट। भूकम्पको केन्द्रविन्दु रहेको बारेकोटमा रहेको स्वास्थ्य संस्थामा पनि क्षति पुगेपछि यहाँको स्वास्थ्य सेवा खुल्ला आकाशमुनी बसेरै सेवा दिन थालिएकोे छ । दस शश्याको अस्पतालमा विकास भएको लिम्सास्थित स्वास्थ्य संस्थामा भूकम्पले भवन छियाछिया बनाएकाले खुल्ला आकाशमुनी बसेरै सेवा दिनुपरेको हो । उक्त गाउँपालिकाको आधाभूत स्वास्थ्य तथा सरसफाइ सेवासमेत खुल्ला आकाशमुनी
काठमाडौं। टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । त्यस्तै, टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४, कप्तान रोहितकुमार पौडेलले नटआउट ५२, कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दीप
काठमाडौं। टि–२० विश्वकप क्रिकेटको एशिया छनोट प्रतियोगिताको फाइनलमा अहिले नेपाल र ओमान प्रतिस्पर्धा गरिरहेका छन् । आगामी वर्ष अमेरिका र वेस्टन्डिजले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपका लागि छनोट भइसकेका दुबै टोली उपाधिका लागि कीर्तिपुरस्थित टीयू क्रिेकट मैदानमा भिडिरहेका छन् । त्यस्तै, नेपालले उपाधि चुमेको हेर्न आतुर हजारौं दर्शक टीयू क्रिकेट
त्रवेणी, रुकुम पश्चिम। रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु भएकाहरूको सम्झनामा आज सार्वजनिक बिदा दिएको छ । साथै नगरकार्यपालिकामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ । नगरप्रमुख रवि केसीले जाजरकोट र रुकुम पश्चिम जिल्लामा भूकम्पबाट मानवीय एवं भौतिक संरचनामा पनि क्षति पुर्याएकाले आठबीसकोट नगरपालिकाले
राँझा,बाँके। जाजरकोट भूकम्पमा परी घाइते तथा पीडित परिवारको लागि सहयोग पुर्याउन नेपालगञ्जवासी जुटेका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि आएका जाजरकोट र पश्चिम रुकुमका घाइतेलाई नेपालगञ्जवासीले स्वःस्फूर्तरूपमा आवश्यक सहयोगका लागि अग्रसरता देखाएका छन् । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति आएको भूकम्पमा परी घाइते भएका रुकुमपश्चिम र जाजरकोटका घाइतेको उपचारका
जाजरकोट। शुक्रबार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाएको हो । भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम्मको सडक खुलाइएको छ । त्यस्तै सडक डिभिजन चौरजहारीले जिल्लाका अन्य सडकसमेत खुलाएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाभित्रका सडकसमेत
भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग गरेको छ । आइतबारको गाउँकार्यपालिकाको निर्णयानुसार भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको हो । उक्त गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु दुई लाख सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिदै भूकम्पले क्षति पुगेको दुःखद् घडीमा त्यहाँका नागरिकलाई गाउँपालिकाले