Trending
>>   फ्रान्सेली राष्ट्रपतिद्वारा लेबनानी सेनालाई सहयोग गर्ने प्रतिवद्धता >>   कस्ता मानिसहरुमा हृदयघात बढी भएको छ : डा. आदित्य महासेठ >>   युद्धविरामपछि गाजामा ३ इजरायली बन्धकहरूको परिवारहरूसँग पुनर्मिलन >>   बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिका कारण अर्थतन्त्रमा केही स्लो डाउन छः गभर्नर अधिकारी >>   कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयहरु समेटिनुपर्छः महामन्त्री थापा >>   नेपाल खो खो विश्वकपको उपविजेता >>   बैंक सबल र प्रभावकारी भएमात्रै नागरिकको विश्वास जित्न सकिन्छः अर्थमन्त्री >>   गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने >>   विपिन सकुशल घर फर्किने आशामा परिवार >>   स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न महासङ्घको आग्रह
Logo
७ माघ २०८१, सोमबार
७ माघ २०८१, सोमबार

समाचार


पहिलो गभर्नर जबराको निधन 

काठमाडौ : नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर एवं पूर्व अर्थ सचिव आदरणीय व्यक्तित्व हिमालय शम्शेर जबराको निधन भएको झ। जबराको ९५ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारले जानकारी दिएको छ ।    

ठूला आयोजना अलपत्र

म्याग्दी जिल्लामा सञ्चालित १९ ठूला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक, खानेपानी, प्रसारण लाइन, अस्पताल भवनलगायत आयोजना निर्माणमा भएको ढिलासुस्तीले सर्वसाधारणलाई सास्ती भएको छ । सङ्घीय र प्रदेश सरकारमार्फत सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि निर्माण पूरा नहुँदा र निरन्तरता नपाउँदा अलपत्र बनेका हुन् । अलपत्र पर्नेमा गण्डकी प्रदेश

काहुँडाँडा चिनाउन महोत्सव

पोखराको उत्तरपूर्वस्थित काहुँडाँडा अहिले आन्तरिक र बाह्य रोजाइको गन्तव्यका रूपमा विकास हुँदैछ । कुनै समय प्रचार–प्रसार अभावले गुमनामजस्तै बनेको यो डाँडा सडकको विस्तारले पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ बनाइएको काहुँ धराहराबाट पोखरा उपत्यका अलवोलक गर्न सकिने भएकाले पनि डाँडा उक्लनेहरू बढिरहेका छन् । काहँु डाँडाको अझ प्रचार–प्रसार गर्नका

बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली

बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन् । बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन् । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको छ । रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय बाँदरको आतङ्क बढेपछि

सिंगो देश आन्दोलन र मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड

२१ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताउनुभएको छ । आदिबासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिबासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “हामीले संविधानसभाबाट नयाँ संविधान

बरहथवाका तीन गाउँका बासिन्दा दुई महिनादेखि अन्धकारमा

बरहथवा नगरपालिका–११ का करिब पाँच सय परिवार दुई महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । बरहथवा–११ का बासिन्दा मङ्सिरदेखि अन्धकारमा बस्न बाध्य भएका हुन् । यहाँस्थित विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थामार्फत २०६७ सालदेखि बिजुली बाल्दै आएका आफूहरु गएको मङ्सिर २७ गतेदेखि अन्धकारमा बस्न बाध्य भएको स्थानीयवासीको गुनासो छ ।

अवैध संरचना हटाउँदै नगरपालिका

नारायण नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अवैध संरचना हटाउँदै मुख्य सडक व्यवस्थित बनाउने अभियान सुरु गरेको छ । सार्वजनिक जग्गामा निर्माण गरिएका संरचनाहरू हटाउँदै व्यवस्थित पुनः निर्माण अभियान थालेको हो । नगरभित्रका सडक चौडा गर्ने, नाली व्यवस्थापन गर्ने तथा सडकपेटी भत्काउन सुरु गरिएको नगरपालिका प्रमुख लोमन शर्माले बताउनुभयो । उहाँका अनुसार

भारतीय नागरिकको हत्या

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ । सत्यवती गाउँपालिका–१ का छबीलाल र उनकी श्रीमति विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने

अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट नभएको अवस्थामा पनि रकम भुक्तानी गर्न मिल्ने सुविधा ‘फोन पे’ले ल्याएको हो । शुक्रबार यहाँ सम्पन्न एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा निलम ढुङ्गानाले नयाँ ‘प्रडक्ट’को उद्घाटन गर्नुभयो । उहाँले फोन पेको अफलाइन फिचरको पूर्ण सफलताको शुभकामना

तटबन्धसहितको करिडोर निर्माण सुरु

नवलपरासी ( बर्दघाट–सुस्ता पश्चिम) को रामग्राम नगरपालिकाले डुबान र कटान नियन्त्रणलाई प्राथमिकता दिँदै झरही खोलामा तटबन्धसहितको करिडोर निर्माण थालेको छ । गत वर्षको बाढीले परासी बजार जलमग्न हुनुका साथै करोडौँको क्षति भएपछि नगरपालिकाले झरही खोला नियन्त्रणको काम सुरु गरेको हो । जसका लागि नगरपालिकाले यस वर्ष रु एक करोड बजेट

सम्वन्धित समाचारहरु