Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

कर्णालीमा एक लाख पशुचौपायाको उपचार


२१ असार ,कर्णाली । कर्णाली प्रदेशका १० जिल्लामा लम्पी स्कीन रोगबाट संक्रमित एक लाख २५ हजार ९१ पशु चौपायाको उपचार गरिएको छ ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार नौ हजार नौ सय एक पशुलाई लम्पी स्कीनविरुद्धको खोप लगाइएको छ ।

पछिल्लो समय पशुमा लम्पी स्कीन रोग तीव्ररुपमा फैलिँदै गएको छ । प्रदेशका कृषिमन्त्री भीमप्रकाश शर्माले रोग नियन्त्रण गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

मन्त्रालय निमित्त सचिव राजु भुजले प्रेस विज्ञप्ति जारी गर्दै खोप अभियान तिव्र पारिएको उल्लेख गरेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र चिङ्गाड गाउँपालिकाबाट २०७९ चैत २७ गते गाई गोरुको सिरिम र छालाको भागको नमूना केन्द्रीय पशुपछी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाइएको थियो ।

परीक्षण गर्दा गत वैशाख ४ गते लम्पी स्कीन रोग पुष्टि भएपछि खोप लगाउन थालिएको मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले जानकारी दिए ।

कर्णालीमा सबैभन्दा बढी सल्यानमा ३४ हजार तीन सय २८ पशुमा लम्पी स्किन देखिएको छ । सो रोगबाट मुगुमा चार सय २९ पशुचौपाया सङ्क्रमित भएका छन् ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?