Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

ग्वार्कोमा बन्दै गरेको फ्लाइओभरको डिजाइन गलत, काम ठप्प


२१ असार, ललितपुर । ललितपुरको ग्वार्को चोकमा बन्दै गरेको फ्लाइओभरको डिजाइन गलत भएको पाइएको छ । डिजाइन गलत भेटिएपछि अहिले फ्लाइओभर निर्माणको काम रोकिएको छ ।

गत माघ २८ गतेबाट उक्त स्थानमा नेपालकै पहिलो फ्लाइओभर निर्माणको काम थालिएको थियो । तर, सडक विभागले फ्लाइओभर बनाउने क्रममा देखिएको प्राविधिक समस्याका कारण तत्कालका लागि काम रोकिएको जानकारी दिएको छ ।

प्राविधिक समस्या देखिएको बताइएता पनि के समस्या हो भन्ने यकिन हुन नसकेको र प्राविधिकले समस्या पहिचानको काम गरिरहेको बताइएको छ ।

यो फ्लाइओभर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी एम/एस आशिष–समानान्तर (जेभी) ले ठेक्का पाएको थियो । फ्लाइओभरको लागत १७ करोड ६८ लाख ८८ हजार ८ सय ८ रुपैयाँ रहेको छ ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?