Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

ईयूद्वारा खाद्य पदार्थ खेर फाल्ने प्रवृतिलाई घटाउन जोड


२१ असार, एजेन्सी । युरोपेली सङ्घ (ईयू) ले आफ्ना २७ सदस्य राष्ट्रलाई यस दशकमा घरपरिवार, खुद्रा बिक्रेता र रेष्टुरेन्टबाट हुने खाद्य पदार्थको फोहोरमा ३० प्रतिशत कटौती गर्न बाध्यकारी लक्ष्य लागू गर्ने योजना अघि सारेको छ ।

ब्रसेल्सको अनुमानअनुसार यो समूहले एक वर्षमा करिब पाँच करोड ९० लाख टन अर्थात् प्रतिव्यक्ति १३१ किलोग्राम खाद्यान्न खेर फाल्छ । यसले समूहलाई करिब १३२ अर्ब युरो (१४४ अर्ब अमेरिकी डलर) को नोक्सानी हुनेगर्छ ।

खाद्यान्नलाई खेर जानबाट रोक्नुजर्नेमा जोड दिँदै युरोपेली आयोगका उपप्रमुख फ्रान्स टिमरम्यान्सले भने, “तीन करोडभन्दा बढी युरोपेलीलाई शरिरका लागि आवश्यक पर्ने उचित आहारको अभाव रहने गर्छ । समूहभित्र नै नागरिकले हरेक दिन उचित खाना खान नसक्ने र विश्वव्यापी रूपमा भोकमरी फेरि बढिरहेका बेला यति ठूलो परिमाणमा खाना खेर फाल्नु गलत कुरा हो ।”

ईयूका सदस्य राष्ट्रहरु र युरोपेली संसदले छलफल गर्ने यो प्रस्ताव वातावरणलाई मजबुत बनाउन समूहको अगुवाईमा भएको ‘ग्रीन डिल’ अभियानको एक हिस्सा हो ।

फोहोर मैलामै थन्किएका खाद्य पदार्थको उत्पादन, प्रशोधन र संरक्षणका लागि पानी, मल र ऊर्जाको अनावश्यक प्रयोगलाई कम गर्ने इयूको उद्देश्य रहेको छ ।

ईयूको कार्यकारी शाखाले सदस्य राष्ट्रहरूले सन् २०३० सम्ममा ‘रेस्टुरेन्ट, खाद्य सेवा र घरहरूबाट हुने खाद्यन्न दुरूपयोग’ मा ३० प्रतिशतले कटौती गर्न चाहेको छ ।

यस अवधिमा प्रशोधन र उत्पादनबाट निस्कने फोहरलाई १० प्रतिशतले घटाउन पनि माग गरिएको छ ।

बाली उत्पादनमा हुने उतारचढाव र फोहर मलमा परिणत हुँदा नियमन गर्न कठिन हुने कृषि क्षेत्रका लागि कुनै लक्ष्य निर्धारण गरिएको छैन ।

युरोपेली वातावरण विभागले महाद्वीपभरी खाद्य पदार्थको बर्बादीलाई दिगो स्तरमा झार्ने लक्ष्य अझै पनि निकै कम रहेको र यसलाई सबै क्षेत्रमा ५० प्रतिशत कायम गरिनुपर्ने बताइएको छ ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?