Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

ईयूद्वारा खाद्य पदार्थ खेर फाल्ने प्रवृतिलाई घटाउन जोड


२१ असार, एजेन्सी । युरोपेली सङ्घ (ईयू) ले आफ्ना २७ सदस्य राष्ट्रलाई यस दशकमा घरपरिवार, खुद्रा बिक्रेता र रेष्टुरेन्टबाट हुने खाद्य पदार्थको फोहोरमा ३० प्रतिशत कटौती गर्न बाध्यकारी लक्ष्य लागू गर्ने योजना अघि सारेको छ ।

ब्रसेल्सको अनुमानअनुसार यो समूहले एक वर्षमा करिब पाँच करोड ९० लाख टन अर्थात् प्रतिव्यक्ति १३१ किलोग्राम खाद्यान्न खेर फाल्छ । यसले समूहलाई करिब १३२ अर्ब युरो (१४४ अर्ब अमेरिकी डलर) को नोक्सानी हुनेगर्छ ।

खाद्यान्नलाई खेर जानबाट रोक्नुजर्नेमा जोड दिँदै युरोपेली आयोगका उपप्रमुख फ्रान्स टिमरम्यान्सले भने, “तीन करोडभन्दा बढी युरोपेलीलाई शरिरका लागि आवश्यक पर्ने उचित आहारको अभाव रहने गर्छ । समूहभित्र नै नागरिकले हरेक दिन उचित खाना खान नसक्ने र विश्वव्यापी रूपमा भोकमरी फेरि बढिरहेका बेला यति ठूलो परिमाणमा खाना खेर फाल्नु गलत कुरा हो ।”

ईयूका सदस्य राष्ट्रहरु र युरोपेली संसदले छलफल गर्ने यो प्रस्ताव वातावरणलाई मजबुत बनाउन समूहको अगुवाईमा भएको ‘ग्रीन डिल’ अभियानको एक हिस्सा हो ।

फोहोर मैलामै थन्किएका खाद्य पदार्थको उत्पादन, प्रशोधन र संरक्षणका लागि पानी, मल र ऊर्जाको अनावश्यक प्रयोगलाई कम गर्ने इयूको उद्देश्य रहेको छ ।

ईयूको कार्यकारी शाखाले सदस्य राष्ट्रहरूले सन् २०३० सम्ममा ‘रेस्टुरेन्ट, खाद्य सेवा र घरहरूबाट हुने खाद्यन्न दुरूपयोग’ मा ३० प्रतिशतले कटौती गर्न चाहेको छ ।

यस अवधिमा प्रशोधन र उत्पादनबाट निस्कने फोहरलाई १० प्रतिशतले घटाउन पनि माग गरिएको छ ।

बाली उत्पादनमा हुने उतारचढाव र फोहर मलमा परिणत हुँदा नियमन गर्न कठिन हुने कृषि क्षेत्रका लागि कुनै लक्ष्य निर्धारण गरिएको छैन ।

युरोपेली वातावरण विभागले महाद्वीपभरी खाद्य पदार्थको बर्बादीलाई दिगो स्तरमा झार्ने लक्ष्य अझै पनि निकै कम रहेको र यसलाई सबै क्षेत्रमा ५० प्रतिशत कायम गरिनुपर्ने बताइएको छ ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?