Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

रास्वपाका सांसद् मनिष झा भन्छन्- कस्तो व्यक्तिलाई विश्वासको मत दिएछु, लाज लागिरहेको छ


२१ असार, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकोमा लाज लागेको बताएका छन्।  बुधबार संसद बैठकपछि पत्रकारहरूसँग बोल्दै उनले दुई/दुई पटक विश्वासको मत दिएको लज्जाबोध भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘‘मलाई लाज लागिरहेको छ मैले कस्तो व्यक्तिलाई मत दिएको रहेछु, त्यो पनि दुई/दुई पटक । जसले भावनामा बगेर यस्तरी बोल्नुहुन्छ कि म को भएर बोल्दैछु, सम्माननीय प्रधानमन्त्री भएर मैले कसरी बोल्ने, के बोल्ने, के नबोल्ने भन्ने बिर्सनुहुँदो रहेछ।’

प्रधानमन्त्री प्रचण्डले असार १८ गते पुस्तक विमोचनका क्रममा अमीत सिंहले आफूलाई प्रधानमन्त्री बनाउने धेरै पटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिका कारण उनि आलोचित भइरहेका छन्।

बुधबार नै प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरूद्ध गर्दै प्रधानमन्त्री प्रचण्डको राजिनामा  मागेको थियो।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?