Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

रास्वपाका सांसद् मनिष झा भन्छन्- कस्तो व्यक्तिलाई विश्वासको मत दिएछु, लाज लागिरहेको छ


२१ असार, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकोमा लाज लागेको बताएका छन्।  बुधबार संसद बैठकपछि पत्रकारहरूसँग बोल्दै उनले दुई/दुई पटक विश्वासको मत दिएको लज्जाबोध भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘‘मलाई लाज लागिरहेको छ मैले कस्तो व्यक्तिलाई मत दिएको रहेछु, त्यो पनि दुई/दुई पटक । जसले भावनामा बगेर यस्तरी बोल्नुहुन्छ कि म को भएर बोल्दैछु, सम्माननीय प्रधानमन्त्री भएर मैले कसरी बोल्ने, के बोल्ने, के नबोल्ने भन्ने बिर्सनुहुँदो रहेछ।’

प्रधानमन्त्री प्रचण्डले असार १८ गते पुस्तक विमोचनका क्रममा अमीत सिंहले आफूलाई प्रधानमन्त्री बनाउने धेरै पटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिका कारण उनि आलोचित भइरहेका छन्।

बुधबार नै प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरूद्ध गर्दै प्रधानमन्त्री प्रचण्डको राजिनामा  मागेको थियो।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?