काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटकले व्यक्त गरेको प्रतिबद्धता कार्यान्वयनको सुनिश्चितता आएमा प्रतिबन्ध हटाउन सरकार तयार रहेको बताएका छन् । आज प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रचण्डले टिकटकको प्रतिबन्ध हटाउनका लागि सरकार तयार रहेको बताएका हुन् । प्रधानमन्त्री दाहाललाई आज प्रतिनिधिसभामा १३ वटा प्रश्न सोधिएको थियो । प्रश्न सोध्नेक्रममा सांसद
काठमाडौं। मोहन वैद्य निकट अनेरास्ववियू (क्रान्तिकारी) का नेताहरूले सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो दलेका छन् । आइतबार अध्यक्ष अधिकारीको कार्यकक्षमै उनीहरूले कालोमोसो दलेका हुन् । अधिकारीले उपाध्यक्षको काम, कर्तव्य र अधिकार विपरीत गएर परिषद्लाई हानिनोक्सानी हुने गतिविधि गरेको अनेरास्ववियू (क्रान्तिकारी) को आरोप छ । सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा
काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकले ‘बैंङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आजको बैठकमा यस्तो प्रस्ताव पेश गरेका थिए । यो विधेयकमाथि संशोधन प्रस्ताव हाल्न चाहनुहुने सांसदलाई ७२ घण्टाभित्र प्रतिनिधिसभा विधेयक शाखामा संशोधन प्रस्ताव बुझाउन भनिएको
काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २७ दशमलव २१ अङ्कले ओरालो लागेर दुई हजार ३४ दशमलव ८२ मा सीमित भएको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ३५ अङ्कले ओरालो
मध्यविन्दु,नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते (हिउँदे) धान लगाउन व्यस्त छन् । दुई बाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ छ । त्यसैगरी, मकैभन्दा धान उत्पादन राम्रो हुने र दुई बाली धान लगाउँदा
काठमाडौं। सरकारले दूधको भुक्तानी नदिएपछि चितवनका दूध किसान सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा भेला भएका किसानहरूले कृषिमन्त्री बेदुराम भुसालको राजीनामा समेत मागेका छन् । चितवन दुग्ध उत्पादक सहकारीहरूले दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथिति विरोधमा आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका
काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तीय पहुँचमा पुग्न सफल भएको बताएका छन् । काठमाडौंमा आइतबार चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । नेपालका विपन्न वर्ग, गरिब र महिलामा लघुवित्त क्षेत्रले ठूलो उत्साह भरेको उल्लेख गर्दै डा. महतले जीविकोपार्जनमा समेत
लमजुङ। चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने मर्स्याङ्दी नदी छेउमै रहेको तातोपानी कुण्डको संरक्षण गरिने भएको छ ।मर्स्याङ्दी गाउँपालिका–४ जगतको तातोपानी कुण्डको संरक्षण गर्न यहाँको गाउँपालिकाले चासो दिन थालेको छ । उक्त गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले तातोपानी कुण्डलाई थप व्यवस्थित गदै प्रचारप्रसार गर्न सके पर्यटक आगमन हुने र ऐतिहासिक तातोपानी कुण्ड भएकाले
चितवन। एक लाख ६१ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । नौ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार सात सय खोप केन्द्रबाट उनीहरुलाई खोप दिन लागिएको कार्यालयका क्षय–कुष्ठ अधिकृत जयराम दुवाडीले जानकारी दिएका छन्। उनका अनुसार अभियानकै क्रममा नियमित खोप
हेटौँडा। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रकर्मी र पत्रकार बिचको दुरी बढ्दो क्रममा रहेको बताएका छन् । उनले विगतमा चलचित्र क्षेत्रको विकासमा कलाकर्मी र पत्रकार एकजुट भएर काम गर्ने गरेको भएपनि हाल उक्त परिस्थिती विपरित भइरहेको बताएका छन् । आइतबारबाट हेटौंडामा सुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता