Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

सीटीइभीटीका उपाध्यक्ष अधिकारीलाई कालोमोसो


काठमाडौं। मोहन वैद्य निकट अनेरास्ववियू (क्रान्तिकारी) का नेताहरूले सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो दलेका छन् । आइतबार अध्यक्ष अधिकारीको कार्यकक्षमै उनीहरूले कालोमोसो दलेका हुन् ।

अधिकारीले उपाध्यक्षको काम, कर्तव्य र अधिकार विपरीत गएर परिषद्लाई हानिनोक्सानी हुने गतिविधि गरेको अनेरास्ववियू (क्रान्तिकारी) को आरोप छ । सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा स्तरवृद्धि, छात्रवृत्ति वितरण, कर्मचारीको सरुवा—बढुवा लगायतमा व्यापक अनियमितता, नीतिगत तथा आर्थिक भ्रष्टाचार गरेको उसको आरोप छ ।

त्यस्तै, कर्मचारीको वृद्धि विकासमा विभेद गर्ने, अन्य आन्तरिक क्रियाकलापमा जता पनि जेमा पनि राजनीतिको रङ्ग घुसाउने र भाग माग्ने गरेको पनि अनेरास्ववियू (क्रान्तिकारी) ले आरोप लगाएको छ भने उपाध्यक्ष अधिकारीको आर्थिक, सांस्कृतिक, सामाजिक र चारित्रिक विषयमा पनि उसले प्रश्न उठाएको छ ।

क्रान्तिकारी आन्दोलनका विरुद्ध राज्य शक्ति दुरुपयोग गर्दै श्वेत तथानाम लेख्ने बोल्ने र मानमर्दन गर्ने गरेको अनेरास्ववियू (क्रान्तिकारी) को आरोप छ ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?