Trending
>>   आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै >>   संसद मुलुकको राजनीतिक संस्कृतिको प्रतिविम्व हो, संसद बैठक निर्विघ्न चलाउँछुः अर्जुननरसिंह केसी >>   देशभर एसईई परीक्षा आजदेखि शुरु >>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :…
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट


काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २७ दशमलव २१ अङ्कले ओरालो लागेर दुई हजार ३४ दशमलव ८२ मा सीमित भएको हो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ३५ अङ्कले ओरालो लागेर तीन सय ६५ दशमलव २० मा सीमित भएको हो । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यम गिरावट भएको छ भने कूल एक करोड सात लाख ७२ हजार चार सय ८३ कित्ता शेयर रु तीन अर्ब ७७ करोड ५४ दाख २२ हजार एक सय ९६ मूल्यमा कारोबार भयो ।

त्यस्तै, कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४० करोड ९० लाख बराबरको कारोबार भयो भने एनआइसी एशिया बैंक रु १३ करोड ६५ लाख ६४ हजार एक सय ४०, जोशी हाइड्रोपावर रु १० करोड १४ लाख एक सय ९२, सगरमाथा जलविद्युत् कम्पनी रु नौ करोड २७ लाख ९३ हजार पाँच सय ९८ र युनियन हाइड्रोपावर रु सात करोड ६१ लख १८ हजार एक सय सात मूल्यमा खरिद बिक्री भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

त्यस्तै, नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ भने किसान लघुवित्त आठ दशमलव २२, युनियन हाइड्रोपावर छ दशमलव ६५ र आशा लघुवित्तका लगानीकर्ताले छ दशमलव शून्य चार प्रतिशतले कमाएका छन् ।

सामलिङ पावर आठ दशमलव २१, दोर्दी खोला जलविद्युत् कम्पनी छ दशमलव १५, पाँचथर पावर कम्पनी पाँच दशमलव ९१, बाराही हाइड्रोपावर पाँच दशमलव ८२ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले पाँच दशमलव ६१ प्रतिशतले गुमाएका छन् ।


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?