इस्लामाबाद। पाकिस्तान र इरानबिच राजदूत पुनर्बहालीका विषयमा सहमति भएको छ । पाकिस्तानको विदेश मन्त्रालयले सोमबार सो जानकारी दिएको हो । त्यस्तै समाचार एजेन्सी पीटीआईका अनुसार, विदेश मन्त्रालयले एक विज्ञप्तिमा इरानका विदेश मन्त्री हुसेन अमिर अब्दुल्लाहियानले पाकिस्तानी समकक्ष जलील अब्बास जिलानीको निमन्त्रणामा जनवरी २९ मा पाकिस्तानको भ्रमण गर्ने बताएको छ। गत
काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही फागुन ११ गते हुने निर्वाचनअन्तर्गत आजदेखि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ । त्यसैगरी, प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि
काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । कैलालीको घोडाघोडी नगरपालिका-२ स्थित सडकमा सु.प.प्र.०१००९ प ४६१९ नम्बरको मोटरसाइकल सोमबार बेलुकी दुर्घटना हुँदा चालक बर्दगोरीया गाउँपालिका-५ बेलवा बस्ने २५ वर्षीय कालु विकको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको
काठमाडौं। देशका विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला परेका छन् । सल्यानको छत्रेश्वरी गाउँपालिका-५ लेखपोखरा बस्ने २३ वर्षीया सिमा कँवर आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै,अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ फर्ज्याङपुल नजिकै खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्
कास्की। नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुस घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गरिँदै छ । त्यस्तै, सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा सञ्चालन हुने ‘आहा रारा पोखरा गोल्डकप’को २३औँ संस्करणको उद्घाटन समारोहमा सो सम्मान गर्न लागिएको हो । प्रतिभा छनोटका लागि गठित सिफारिस समितिको सिफारिसबमोजिम
काठमाडौं। सिमेन्ट उद्योगमार्फत हुने कार्वन उत्सर्जनको मात्रालाई रोक्दै नेपालमा सञ्चालित सिमेन्ट उद्योगमार्फत पर्यावरणीय भविष्य खोज्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । खानी तथा भूगर्भ विभाग र सिमेन्ट उत्पादक सङ्घले भारतको टेक्नोलोजी एण्ड एक्सन फर रुरल एडभान्समेन्टसँग नेपालमा चुनढुङ्गा क्याल्साइन माटोको प्रविधि प्रयोग गरी सिमेन्ट उत्पादन गर्नेसम्बन्धी समझदारीपत्रमा सोमबार साँझ हस्ताक्षर
काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई जितका लागि एक सय ५२ रनको लक्ष्य दिएको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले ३४.३ ओभरमा अलआउट हुनुअघि एक सय ५१ रनमात्र बनाउन सक्यो । कोशी प्रदेशका
काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कृषि र वनमा आधारित उद्योगमा आधारित भएर कर्णालीको समृद्धि सम्भव हुने बताएका छन् । ‘कर्णालीमा जल जमिन, जङ्गल, जडीबुटी रहेको छ भने कृषिलाई व्यावसायिकीकरण गर्ने हो भने कर्णालीको समृद्धि सम्भव छ,’ उनले भने, ‘भौगोलिक अवस्था अनुसार कृषि पशुपालन र वनमा आधारित व्यावसायिक कार्यले मात्र
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्यमा समेत गिरावट आएको छ । सोमबार तोलामा
काठमाडौं। इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा जारी इलाम गोल्डकपमा आज मंगलबार अन्तिम क्वार्टरफाइनल हुँदै छ । उक्त प्रतियोगिताको अन्तिम चार समूहमा छनोट हुने लक्ष्यसाथ आजको खेलमा पाँचथर युवा क्लब र बुटवलको लुम्बिनी युवा क्लबले प्रतिस्पर्धा गर्दै छन् । यसअघि हिजो भएको खेलमा विजयी बन्दै न्युरोड टिम ९एनआरटी० सेमिफाइनल प्रवेश गरिसकेको छ