Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

विभिन्न स्थानमा  छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु


काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका-२ हेलौडिहवास्थित सडकमा हाल नम्बर नखुलेको टिपरले लु.२७ प १०१० नम्बरको मोटरसाइकललाई आइतबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने भागिरथी यादवको छोरा १४ वर्षीय सुग्रिम यादवको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । सो मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त दुर्घटनामा संलग्न हाल फरार टिपर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी, सुर्खेतको सिम्ता गाउँपालिका-६ जामुने बजारस्थित सडकमा भे.२ त ५४ नम्बरको ट्याक्टर र बा.९५ प ५२९६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार वीरेन्द्रनगर नगरपालिका-३ एरिचोक बस्ने २८ वर्षीय विजय रानाको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मेहलकुना अस्पताल हुँदै थप उपचारको लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको छ भने ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बाँकेको कोहलपुर नगरपालिका-४ किरणनालास्थित सडकमा भे.१ ज १२०७ नम्बरको म्याजिकको ठक्करबाट पैदलयात्री कोहलपुर नगरपालिका-३ बस्ने ७२ वर्षीया कौशिल्या शाहीको मृत्यु भएको छ । आइतबार दिउँसो ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । उक्त दुर्घटनामा घाइते भएका म्याजिकमा सवार ५ जना उपचार पश्चात् डिस्चार्ज भएका छन् भने २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

दाङको घोराही उपमहानगरपालिका-१६ सर्रास्थित सडकमा रा.४ प ६१७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक रोल्पा माडी गाउँपालिका-६ घर भई दाङ घोराही उपमहानगरपालिका-१४ बसपार्क बस्ने १७ वर्षीय नविन घर्तीमगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

 


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?