Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

विभिन्न स्थानमा  छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु


काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका-२ हेलौडिहवास्थित सडकमा हाल नम्बर नखुलेको टिपरले लु.२७ प १०१० नम्बरको मोटरसाइकललाई आइतबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने भागिरथी यादवको छोरा १४ वर्षीय सुग्रिम यादवको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । सो मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त दुर्घटनामा संलग्न हाल फरार टिपर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी, सुर्खेतको सिम्ता गाउँपालिका-६ जामुने बजारस्थित सडकमा भे.२ त ५४ नम्बरको ट्याक्टर र बा.९५ प ५२९६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार वीरेन्द्रनगर नगरपालिका-३ एरिचोक बस्ने २८ वर्षीय विजय रानाको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मेहलकुना अस्पताल हुँदै थप उपचारको लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको छ भने ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बाँकेको कोहलपुर नगरपालिका-४ किरणनालास्थित सडकमा भे.१ ज १२०७ नम्बरको म्याजिकको ठक्करबाट पैदलयात्री कोहलपुर नगरपालिका-३ बस्ने ७२ वर्षीया कौशिल्या शाहीको मृत्यु भएको छ । आइतबार दिउँसो ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । उक्त दुर्घटनामा घाइते भएका म्याजिकमा सवार ५ जना उपचार पश्चात् डिस्चार्ज भएका छन् भने २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

दाङको घोराही उपमहानगरपालिका-१६ सर्रास्थित सडकमा रा.४ प ६१७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक रोल्पा माडी गाउँपालिका-६ घर भई दाङ घोराही उपमहानगरपालिका-१४ बसपार्क बस्ने १७ वर्षीय नविन घर्तीमगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

 


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?