Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

राष्ट्र बैंकले समस्याग्रस्त सेयर मार्केट्स एन्ड फाइनान्स चलाउन संयोजक नियुक्त गर्ने


काठमाडौं। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि संयोजक नियुक्त गर्ने भएको छ । संस्था सञ्चालन तथा व्यवस्थापनका लागि दुई जना सम्मिलित व्यवस्थापन समूहमा संयोजक पदपूर्ति गर्न सूचना आह्वान गरेको हो ।

त्यस्तै, व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्ष अनुभव प्राप्त गरेको बैंकिङ विज्ञले आवेदन दिने सक्ने राष्ट्र बैंकले जनाएको छ ।

न्यूनतम सेवा अवधि एक वर्ष रहने र ६/६ महिनाका लागि दुईपटक सेवा अवधि नवीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ भने दर्खास्त दिने उम्मेदवार ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

मासिक पारिश्रमिक १ लाख २६ हजार ३ सय रुपैयाँ दिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?