Trending
>>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे >>   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन >>   चैते दशैँको अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो >>   इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी >>   असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री >>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

राष्ट्र बैंकले समस्याग्रस्त सेयर मार्केट्स एन्ड फाइनान्स चलाउन संयोजक नियुक्त गर्ने


काठमाडौं। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि संयोजक नियुक्त गर्ने भएको छ । संस्था सञ्चालन तथा व्यवस्थापनका लागि दुई जना सम्मिलित व्यवस्थापन समूहमा संयोजक पदपूर्ति गर्न सूचना आह्वान गरेको हो ।

त्यस्तै, व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्ष अनुभव प्राप्त गरेको बैंकिङ विज्ञले आवेदन दिने सक्ने राष्ट्र बैंकले जनाएको छ ।

न्यूनतम सेवा अवधि एक वर्ष रहने र ६/६ महिनाका लागि दुईपटक सेवा अवधि नवीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ भने दर्खास्त दिने उम्मेदवार ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

मासिक पारिश्रमिक १ लाख २६ हजार ३ सय रुपैयाँ दिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?