Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज तथा लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या समाधान नभए संसदको आगामी बैठक अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।

त्यस्तै, मिटरब्याज पीडित र लघुवित्त पीडितहरुले फेरि काठमाडौंमा आन्दोलन चर्काइरहेका बेला उनले सरकारले उनीहरुलाई खुशी बनाएर फिर्ता नगरे आफूहरु संसद र सडक दुवै संघर्ष चर्काउने चेतावनी दिएका हुन् । आज प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङदेनले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा, मिटरब्याजी पीडित, लघुवित्त पीडित र दुग्ध उत्पादक किसानहरुको भुक्तानीको विषयमा सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने नारा दिएर अगाडि बढेको पार्टी नेतृत्वको सरकारले देखेर पनि नदेखेको जस्तो गरेर बसेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

लिङ्देनले उनीहरुको मागलाई सम्बोधन नगरेर संसदको आगामी बैठक अवरुद्ध गर्ने र त्यसक्रममा संसदबाट बाहिरिन परे पनि आफ्नो पार्टी तयार रहेको पनि बताउदै सरकारले पीडामा रहेका जनताको समस्यालाई पनि बेवास्ता गरिरहेको आरोप समेत लगाएका छन् ।

 


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?