Trending
>>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री…
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

फुटबलको विकासको लागि बहस आवश्यक छ : सदस्य सचिव घिसिङ


काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदमा फुटबलको विकासको लागि बहस आवश्यक रहेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित अखिल नेपाल फुटबल संघको साधारणसभामा उनले फुटबललाई गति दिन वा विकासका लागि छलफललाई केन्द्रित गर्न आवश्यक रहेको भन्दै विभिन्न घटक संघहरु जिल्ला प्रदेश र क्लबहरुले फुटबलको विकासमा केन्द्रीकृत भएर बहस गर्न आग्रह गरे ।

उनले भने, ‘फुटबललाई गति दिन र विकासका लागि छलफललाई केन्द्रित गर्न आवश्यक हुन्छ । विभिन्न घटक संघहरु जिल्ला प्रदेश र क्लबहरु सबैलाई हामीले फुटबलको विकासको लागि केन्द्रीकृत भएर छलफल गर्ने बहस गर्ने र यसलाई एउटा नयाँ उचाइमा पुर्‍यानका निमित्त लागि पर्न अनुरोध गर्दछु ।’

उनले नेपाली खेलकुदमा फुटबलको लोकप्रियता र व्यापकता जुन उचाइमा छ त्यो अनुसारको अपेक्षा पनि हुने भन्दै सो अपेक्षलाई सम्बोधन गर्न सक्नेगरी कार्यक्रमहरू बनाउन जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?