Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

फागुनमा मात्रै बैंकहरुले राष्ट्र बैंकमा राखे साढे २ खर्ब निक्षेप


काठमाडौं। कर्जा लगानी विस्तार हुन नसकेपछि बैंकहरुले फागुनमा मात्रै साढे २ खर्ब रुपैयाँ भन्दा बढी रकम नेपाल राष्ट्र बैंकमा राखेका छन् । राष्ट्र बैंकले यही फागुनबाट स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएपछि बैंक तथा वित्तीय संस्थाहरूले दुई खर्ब ५३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका हुन् ।

उक्त बैंकले उनीहरूको निक्षेप ३ प्रतिशत ब्याजदरमा राखेको छ । बैंकहरुले सो निक्षेप राख्न बोलकबोल गर्नुपर्दैन । यसअघि बोलकबोलबाट निक्षेप संकलन गर्दै आएको बैंकले फागुन देखि ३ प्रतिशत ब्याजदरमा बैंकहरुको निक्षेप राखेको हो । त्यसैगरी, बैंकहरुले लगानी गरेर बाँकी रहेको सबै रकम केन्द्रीय बैंकमा राख्न पाउनेछन् ।

त्यस्तै, फागुन २ गते २७ अर्ब ८५ करोड रुपैयाँ, फागुन ६ गते ६० अर्ब, फागुन ९ गते ६९ अर्ब ६५ करोड रुपैयाँ र फागुन १३ मा ९६ अर्ब १५ करोड रुपैयाँ निक्षेप बैंकहरुले केन्द्रीय बैंकमा राखेका हुन् ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?