Trending
>>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे >>   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन >>   चैते दशैँको अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो >>   इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी >>   असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री >>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

फागुनमा मात्रै बैंकहरुले राष्ट्र बैंकमा राखे साढे २ खर्ब निक्षेप


काठमाडौं। कर्जा लगानी विस्तार हुन नसकेपछि बैंकहरुले फागुनमा मात्रै साढे २ खर्ब रुपैयाँ भन्दा बढी रकम नेपाल राष्ट्र बैंकमा राखेका छन् । राष्ट्र बैंकले यही फागुनबाट स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएपछि बैंक तथा वित्तीय संस्थाहरूले दुई खर्ब ५३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका हुन् ।

उक्त बैंकले उनीहरूको निक्षेप ३ प्रतिशत ब्याजदरमा राखेको छ । बैंकहरुले सो निक्षेप राख्न बोलकबोल गर्नुपर्दैन । यसअघि बोलकबोलबाट निक्षेप संकलन गर्दै आएको बैंकले फागुन देखि ३ प्रतिशत ब्याजदरमा बैंकहरुको निक्षेप राखेको हो । त्यसैगरी, बैंकहरुले लगानी गरेर बाँकी रहेको सबै रकम केन्द्रीय बैंकमा राख्न पाउनेछन् ।

त्यस्तै, फागुन २ गते २७ अर्ब ८५ करोड रुपैयाँ, फागुन ६ गते ६० अर्ब, फागुन ९ गते ६९ अर्ब ६५ करोड रुपैयाँ र फागुन १३ मा ९६ अर्ब १५ करोड रुपैयाँ निक्षेप बैंकहरुले केन्द्रीय बैंकमा राखेका हुन् ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?