Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

इलाम-२ को उपचुनावमा उम्मेदवारी दिने युवा उद्यमी शाहीको घोषणा


काठमाडौं। इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ मा हुने उपचुनावमा युवा उद्यमी अर्जुन विक्रम शाहीले उम्मेदवारी घोषणा गरेका छन् । शाही ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक शाहीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

शाहीले राजनीतिक दलसँग पनि छलफल गरिरहेको बताउँदै युवाको आवाज र उद्यमशीलताको विषयलाई संसदमा बलियो ढंगले उठाउन उपचुनावमा उम्मेदवारी दिन चाहेको बताएका छन् । त्यसैगरी, विज्ञान,कानून र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका शाहीको कम्पनीले आइटी ,कृषि,पर्यटन ,मिडिया तथा ट्रेडिङ र कन्स्ट्रक्सन क्षेत्रमा लगानी गरेको जनाएको छ ।

नेपालको स्वच्छ पानीलाई विश्व बजारमा लैजानेगरी अहिले सो कम्पनीले काम गरिरहेको र आइटी अन्तर्गत वार्षिक १० करोडको कारोबार गरेर ४० जना प्रत्यक्ष रोजगार दिइरहेको दाबी गरेको छ ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?