Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

सहकारी ठग्ने र दुई चार थान नागरिकता राख्नेलाई पनि घर पठाइदिऔँः गगन थापा


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाहरुलाई मात्रै नभई सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेमाथि पनि छानबिन गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीचको दोहोरी अन्त्य गर्नका लागि आरोप लागेकाहरूमाथि छानबिन अगाडि बढाउनुपर्ने बताएका छन्।

‘केही दिनयता संसदमा सत्तापक्ष र प्रतिपक्षबीच दोहोरी चलेको देखिन्छ। यही पाराले मूल विषय छायामा परेर संसद् न राम्रोसँग चल्ने भयो? अब यसो गरौँ आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, ‘उनको भने,’अख्तियारले डामेको, आयोगले पोलेको र सरकारमा जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऔँ। अनि सहकारी ठग्ने, दुई चारथान नागरिकता राख्नेलाई पनि यहाँ राख्ने होइन घरै पठाइदिएर अनुसन्धान गर्न लगाइदिऔँ। यति गर्न सके के होला रु निर्दोष भए फर्केर आउनुहोला ।

फूलमाला लगाएर स्वागत गरौँला। दोषी भए दण्ड व्यहोर्नुहोला। अलिअलि सफा गर्न सके मात्रै यहाँ मिटर ब्याजका बारेमा, दूध किसान, एनसेलको प्रतिवेदनको बारेमा जमेर सार्थक छलफल गर्न सकिन्थ्यो होला । होइन भने यताले उता देखाउने उताकोले यता देखाउने दोहोरी चलिराख्ने भो ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?