Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

सहकारी ठग्ने र दुई चार थान नागरिकता राख्नेलाई पनि घर पठाइदिऔँः गगन थापा


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाहरुलाई मात्रै नभई सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेमाथि पनि छानबिन गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीचको दोहोरी अन्त्य गर्नका लागि आरोप लागेकाहरूमाथि छानबिन अगाडि बढाउनुपर्ने बताएका छन्।

‘केही दिनयता संसदमा सत्तापक्ष र प्रतिपक्षबीच दोहोरी चलेको देखिन्छ। यही पाराले मूल विषय छायामा परेर संसद् न राम्रोसँग चल्ने भयो? अब यसो गरौँ आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, ‘उनको भने,’अख्तियारले डामेको, आयोगले पोलेको र सरकारमा जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऔँ। अनि सहकारी ठग्ने, दुई चारथान नागरिकता राख्नेलाई पनि यहाँ राख्ने होइन घरै पठाइदिएर अनुसन्धान गर्न लगाइदिऔँ। यति गर्न सके के होला रु निर्दोष भए फर्केर आउनुहोला ।

फूलमाला लगाएर स्वागत गरौँला। दोषी भए दण्ड व्यहोर्नुहोला। अलिअलि सफा गर्न सके मात्रै यहाँ मिटर ब्याजका बारेमा, दूध किसान, एनसेलको प्रतिवेदनको बारेमा जमेर सार्थक छलफल गर्न सकिन्थ्यो होला । होइन भने यताले उता देखाउने उताकोले यता देखाउने दोहोरी चलिराख्ने भो ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?