काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पदभार ग्रहण गरेका छन् । आईतवार सिंहदरबारस्थित कार्यकक्षमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । यसअघि आईतवार दिउँसो नै उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । पदभार ग्रहण गर्दै उनले तटस्थ र निष्पक्ष रुपमा सभामुखको भुमिका निर्वाह
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आईतवार शीतल निवासमा आयोजित एक विशेष समारोहमा उहाँलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, कायममुकाय प्रधानन्यायाधीश सपना मल्ल प्रधान, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद
काठमाडौँ । सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म कायम गरिएको सरकारका
काठमाडौँ । राष्ट्रिय महिला आयोगको आव २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश भएको छ । राष्ट्रिय सभाको आईतवार बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्रै साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो प्रतिवेदन पेश गर्नुभएको हो । संवैधानिक व्यवस्था अनुसार सो आयोगको प्रतिवेदन संघीय संसदमा पेश गर्नुपर्ने हुन्छ ।
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय सभाका सांसद शुरेशकुमार आलेमगरले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सो निर्णय पञ्चायतकालीन निरंकुश तानाशाही व्यवस्थाको झल्को दिएको जिकिर गर्दै तत्काल सो निर्णय खारेज गर्न सरकारलाई सचेत गराएका छन् । सांसद आलेमगरले
काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरुङलाई कसैको दबाब र प्रभावमा नपर्न सुझाव दिएका छन् । आईतवार सांसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो सुझाव दिएका हुन् विगत पार्टी र पार्टी नेतृत्वको प्रभावकै कारण गृहमन्त्रीले प्रभावकारी काम कारबारही गर्न नसकेको उनको भनाइ छ । उनले मुलुकमा भ्रष्टाचार
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनको मर्यादा कायम हुनेगरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सभामुख निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको संक्षिप्त जवाफ दिँदै उनले संविधान र कानूनको पालना गर्दै सबै सांसदहरुको सम्मान हुनेगरी आफू अघि बढ्ने समेत बताएका छन् ।
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभाकी सांसद जयन्तिदेवी राईले खाना पकाउने ग्याँसको तत्काल व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् । आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले खाना पकाउने ग्याँसको हाहाकार भएको उल्लेख गर्दै त्यसको तत्काल व्यवस्था मिलाउन सरकारलाई दबाब दिएकी हुन् । सांसद राईले उपभोक्ताले पैसा तिरेपछि खाना पकाउने ग्याँस
काठमाडौँ । राष्ट्रिय सभाका सांसद उदयबहादुर बोहराले अमेरिका, इजरायल र इरान युद्धको मारमा परेका खाडी मुलुकमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश फर्कने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले सरकारसँग सो माग गरेका हुन्। अमेरिका, इजरायल र इरान युद्धका कारण खाडी मुलुकमा रहेका
काठमाडौँ । अर्थमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले सभामुख पदका उम्मेदवार डोलप्रसाद (डीपी) अर्यालको समर्थन गर्दै उहाँको अनुभव र शालीनताले संसदको गरिमा बढ्ने विश्वास व्यक्त गरेका छन् । संसदमा बोल्दै डा. वाग्लेले रास्वपाका संस्थापक नेता एवं उपसभापति अर्याललाई ‘सह–योद्धा र मित्र’ को रूपमा चित्रण गर्दै