Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

पदबहाली गर्दै सभामुख अर्यालले भने– संसदमा तटस्थ र निष्पक्ष भुमिका निर्वाह गर्छु


दुई वर्ष सकारात्मक बोलौँ,सोचौँ र लेखौँः सभामुख अर्याल

काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पदभार ग्रहण गरेका छन् ।

आईतवार सिंहदरबारस्थित कार्यकक्षमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । यसअघि आईतवार दिउँसो नै उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । पदभार ग्रहण गर्दै उनले तटस्थ र निष्पक्ष रुपमा सभामुखको भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले संसद मुख्यतः प्रतिपक्षीकै हुने भएकोले सत्तापक्ष र प्रतिपक्षलाई समान व्यवार गर्नुपर्ने बताए । उनले संसद कानून बनाउने थलो भएको भन्दै आफू मुलुक र जनताका आवश्यकताअनुसार कानून निर्माणमा अग्रसर हुने पनि बताएका छन् ।

उनले भने, ‘सभामुखको भुमिका तटस्थ र निष्पक्ष हुनुपर्ने कुरा मैले बुझेको छु । त्यसैअनुसार काम गर्नेछु । यसपटकको सबैभन्दा बलियो प्रतिपक्ष जनता हुनुहुन्छ । विगत र भविष्यमा हुने निर्वाचनभन्दा हालै सम्पन्न निर्वाचन फरक हो । जनताको म्याण्डेटकाने उपज हो यो संसद । त्यसकारण सभामुखको हैसियतमा बस्दै गर्दा मलाई राम्रोसँग थाहा छ यो पटकको बलिया प्रतिपक्षी जनता नै हुन् । प्रतिपक्षमा एक जना मात्रै किन नहोस् त्यो प्रतिपक्ष नै हो । त्यो नै शक्तिशाली हुन्छ । अर्को कुरा सदन भनेको प्रतिपक्षकै हुन्छ ।’

उनले कानूनी संरचना निर्माण र त्यसको कार्यान्वयनको लागि समेत आफू प्रतिवद्ध भएको उनको भनाइ छ ।


प्रकाशित मिति: २२ चैत्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?