Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

अर्यालको शालीनता र व्यवस्थापकीय क्षमताबाट संसद लाभान्वित हुनेछः डा. वाग्ले


अर्थमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले सभामुख पदका उम्मेदवार डोलप्रसाद (डीपी) अर्यालको समर्थन गर्दै उहाँको अनुभव र शालीनताले संसदको गरिमा बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । संसदमा बोल्दै डा. वाग्लेले रास्वपाका संस्थापक नेता एवं उपसभापति अर्याललाई ‘सह–योद्धा र मित्र’ को रूपमा चित्रण गर्दै उहाँको उम्मेदवारीले संसदमा एउटा परिपक्व राजनीतिक र व्यवस्थापकीय अनुभव भित्रिने बताउनुभएको हो । डा. वाग्लेले अर्यालसँग कार्यपालिका र व्यवस्थापिका दुवैको अनुभव रहेको स्मरण गराउनु भयो । अर्यालको व्यक्तिगत गुणको चर्चा गर्दै वाग्लेले उहाँमा उत्कृष्ट व्यवस्थापकीय क्षमता, शालीन समन्वयकारी भूमिका र मध्यमवर्गीय संघर्षबाट खारिएको उन्नत चेत रहेको बताउनु भयो । सभामुखको मुख्य गुण तटस्थता हुनुपर्नेमा जोड दिँदै डा. वाग्लेले अर्यालले कुनै दलीय आवद्धता नराखी जिम्मेवारी निभाउनेमा आफू विश्वस्त रहेको बताउनु भयो । उहाँले इतिहासका सफल सभामुखहरूको स्मरण गर्दै अर्याललाई ती मानकहरू पछ्याउन सुझाव समेत दिनुभयो । पूर्वसभामुख दमननाथ ढुंगानाले संसदलाई जीवन्त बनाउन खेल्नुभएको भुमिका र सुवास नेम्वाङको कानूनी विज्ञता एवं समन्वयकारी क्षमताबाट पनि नयाँ सभामुखले सिक्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । डा. वाग्लेले रास्वपाले ‘जेन–जी’ आन्दोलनको मर्म बोकेर अगाडि बढेको उल्लेख गर्दै अर्यालले आधुनिक पुस्ताका अपेक्षा र आकांक्षाहरूलाई आफ्नै शैलीमा ढालेर मौलिकता दिने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ । अर्थमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले सभामुख पदका उम्मेदवार डोलप्रसाद (डीपी) अर्यालको समर्थन गर्दै उहाँको अनुभव र शालीनताले संसदको गरिमा बढ्ने विश्वास व्यक्त गरेका छन्

संसदमा बोल्दै डा. वाग्लेले रास्वपाका संस्थापक नेता एवं उपसभापति अर्याललाई ‘सह–योद्धा र मित्र’ को रूपमा चित्रण गर्दै उहाँको उम्मेदवारीले संसदमा एउटा परिपक्व राजनीतिक र व्यवस्थापकीय अनुभव भित्रिने बताएका हुन् । डा. वाग्लेले अर्यालसँग कार्यपालिका र व्यवस्थापिका दुवैको अनुभव रहेको स्मरण गराए । अर्यालको व्यक्तिगत गुणको चर्चा गर्दै वाग्लेले उहाँमा उत्कृष्ट व्यवस्थापकीय क्षमता, शालीन समन्वयकारी भूमिका र मध्यमवर्गीय संघर्षबाट खारिएको उन्नत चेत रहेको बताएका छन् । सभामुखको मुख्य गुण तटस्थता हुनुपर्नेमा जोड दिँदै डा. वाग्लेले अर्यालले कुनै दलीय आवद्धता नराखी जिम्मेवारी निभाउनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले इतिहासका सफल सभामुखहरूको स्मरण गर्दै अर्याललाई ती मानकहरू पछ्याउन सुझाव समेत दिएका छन् ।

पूर्वसभामुख दमननाथ ढुंगानाले संसदलाई जीवन्त बनाउन खेल्नुभएको भुमिका र सुवास नेम्वाङको कानूनी विज्ञता एवं समन्वयकारी क्षमताबाट पनि नयाँ सभामुखले सिक्नुपर्ने उनले उल्लेख गरे । डा. वाग्लेले रास्वपाले ‘जेन–जी’ आन्दोलनको मर्म बोकेर अगाडि बढेको उल्लेख गर्दै अर्यालले आधुनिक पुस्ताका अपेक्षा र आकांक्षाहरूलाई आफ्नै शैलीमा ढालेर मौलिकता दिने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २२ चैत्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?