Trending
>>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक
Logo
२० कार्तिक २०८३, शुक्रबार
२० कार्तिक २०८३, शुक्रबार

खाडी मुलुकमा युद्धको मारमा परेका नेपालीहरुलाई सरकारले तत्काल स्वदेश फर्काउने व्यवस्था गरोस्ः सांसद बोहरा


राष्ट्रिय सभाका सांसद उदयबहादुर बोहराले अमेरिका, इजरायल र इरान युद्धको मारमा परेका खाडी मुलुकमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश फर्कने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सरकारसँग सो माग गर्नुभएको हो । अमेरिका, इजरायल र इरान युद्धका कारण खाडी मुलुकमा रहेका नेपालीहरुको जीवन जोखिममा परेकाले उनीहरुलाई स्वदेश फर्काउने र उनीहरुको सुरक्षाको सुनिश्चित गराउने जिम्मेवारी सरकारको रहेको सांसद बोहराको भनाई थियो । उहाँले भन्नुभयो,‘अमेरिका, इजरायल, इरान युद्धका कारण खाडी मुलुकमा रहेका ८० देखि ८५ हजार नेपालीहरु अुरक्षित बनेका छन् । हिंसाकै कारण एकको मृत्यु केही देशमा घाईते समेत भएको पुष्टि भईसकेका छन् । नेपालीहरु ठूलो संख्यामा स्वदेश फर्कन चाहन्छन् । उनीहरुको सुरक्षाको सुनिश्चित गर्न र स्वदेश फर्कन चाहनेहरुलाई सुरक्षित रुपमा फर्किने व्यवस्था मिलाउन सम्माननीय अध्यक्षज्यूमार्फत म सरकारको ध्यान केन्द्रित गर्न चाहन्छु ।’ सांसद बोहराले विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कन चाहेकाले सरकारले त्यसमा पनि उचित कदम चाल्नुपर्ने बताउनु भयो ।

काठमाडौँ । राष्ट्रिय सभाका सांसद उदयबहादुर बोहराले अमेरिका, इजरायल र इरान युद्धको मारमा परेका खाडी मुलुकमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश फर्कने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले सरकारसँग सो माग गरेका हुन्। अमेरिका, इजरायल र इरान युद्धका कारण खाडी मुलुकमा रहेका नेपालीहरुको जीवन जोखिममा परेकाले उनीहरुलाई स्वदेश फर्काउने र उनीहरुको सुरक्षाको सुनिश्चित गराउने जिम्मेवारी सरकारको रहेको सांसद बोहराको भनाई थियो ।

उनले भने,‘अमेरिका, इजरायल, इरान युद्धका कारण खाडी मुलुकमा रहेका ८० देखि ८५ हजार नेपालीहरु अुरक्षित बनेका छन् । हिंसाकै कारण एकको मृत्यु केही देशमा घाईते समेत भएको पुष्टि भईसकेका छन् । नेपालीहरु ठूलो संख्यामा स्वदेश फर्कन चाहन्छन् । उनीहरुको सुरक्षाको सुनिश्चित गर्न र स्वदेश फर्कन चाहनेहरुलाई सुरक्षित रुपमा फर्किने व्यवस्था मिलाउन सम्माननीय अध्यक्षज्यूमार्फत म सरकारको ध्यान केन्द्रित गर्न चाहन्छु ।’

सांसद बोहराले विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कन चाहेकाले सरकारले त्यसमा पनि उचित कदम चाल्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २२ चैत्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?