Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छः सुरेशकुमार आलेमगर


नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय सभाका सांसद शुरेशकुमार आलेमगरले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ । आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सो निर्णय पञ्चायतकालीन निरंकुश तानाशाही व्यवस्थाको झल्को दिएको जिकिर गर्दै तत्काल सो निर्णय खारेज गर्न सरकारलाई सचेत गराउनु भयो । सांसद आलेमगरले कुनैपनि राजनीतिक दलमा संगठनहरु आवद्ध हुने कुरा संविधान र कानूनसम्मत हुने भएकाले सरकारले त्यसलाई प्रतिबन्ध लगाउने काम गर्न नमिल्ने तर्क समेत गर्नुभयो । उहाँले भन्नुभयो,‘यो सरकारले विभिन्न दलमा आवद्ध विद्यार्थी संगठनहरुलाई प्रतिवन्ध लगायो भन्ने कुरा विभिन्न सञ्चार माध्याममा आएको छ । बहुदलीय व्यवस्थामा राजनीतिक विचारका आधारमा विभिन्न दलहरु गठन हुन्छन । ती दलहरुमा विभिन्न संगठनहरु आवद्ध हुन सक्छन् । यो विल्कुल लोकतान्त्रिक कुरा हो । यो लोकतान्त्रिक अभ्यास हो । यो कुनै गैरकानूनी, असंवैधानिक आपत्तिजनक कुरा होइन । त्यसैले यो सरकारले जुन प्रतिवन्ध लगाएको छ विद्यार्थी संगठनहरुमाथि । यसलाई फिर्ता गरिनुपर्छ । सरकारको यो निर्णयले कतै निरंकुश तानाशाही व्यवस्था, जसलाई नेपाली जनताले ३६ वर्ष अगाडि आर्यघाटमा सेलाएका थिए । त्यो व्यवस्थाको पुनरागमन भएको त होइन ? मलाई त्यस्तो त लाग्दैन । यो सरकार लोकतान्त्रिक हो भन्ने मलाई लाग्दछ । यदि त्यस्तो हो भने विद्यार्थी संगठनमाथि प्रतिवन्ध लगाउने यो निर्णय नेपाल सरकारले तुरुन्त खारेज गरोस् । फिर्ता लिइयोस् । सांसद आलेमगरले बहुदलीय व्यवस्थामा दलहरु छान्ने अधिकार जोकोहीलाई पनि हुन्छ भन्ने कुरामा सरकारले हेक्का राख्नुपर्ने समेत बताउनु भयो ।

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय सभाका सांसद शुरेशकुमार आलेमगरले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सो निर्णय पञ्चायतकालीन निरंकुश तानाशाही व्यवस्थाको झल्को दिएको जिकिर गर्दै तत्काल सो निर्णय खारेज गर्न सरकारलाई सचेत गराएका छन् । सांसद आलेमगरले कुनैपनि राजनीतिक दलमा संगठनहरु आवद्ध हुने कुरा संविधान र कानूनसम्मत हुने भएकाले सरकारले त्यसलाई प्रतिबन्ध लगाउने काम गर्न नमिल्ने तर्क समेत गरेका छन् ।

उनले भने,‘यो सरकारले विभिन्न दलमा आवद्ध विद्यार्थी संगठनहरुलाई प्रतिवन्ध लगायो भन्ने कुरा विभिन्न सञ्चार माध्याममा आएको छ । बहुदलीय व्यवस्थामा राजनीतिक विचारका आधारमा विभिन्न दलहरु गठन हुन्छन । ती दलहरुमा विभिन्न संगठनहरु आवद्ध हुन सक्छन् । यो विल्कुल लोकतान्त्रिक कुरा हो । यो लोकतान्त्रिक अभ्यास हो । यो कुनै गैरकानूनी, असंवैधानिक आपत्तिजनक कुरा होइन । त्यसैले यो सरकारले जुन प्रतिवन्ध लगाएको छ विद्यार्थी संगठनहरुमाथि । यसलाई फिर्ता गरिनुपर्छ । सरकारको यो निर्णयले कतै निरंकुश तानाशाही व्यवस्था, जसलाई नेपाली जनताले ३६ वर्ष अगाडि आर्यघाटमा सेलाएका थिए । त्यो व्यवस्थाको पुनरागमन भएको त होइन ? मलाई त्यस्तो त लाग्दैन । यो सरकार लोकतान्त्रिक हो भन्ने मलाई लाग्दछ । यदि त्यस्तो हो भने विद्यार्थी संगठनमाथि प्रतिवन्ध लगाउने यो निर्णय नेपाल सरकारले तुरुन्त खारेज गरोस् । फिर्ता लिइयोस् ।

सांसद आलेमगरले बहुदलीय व्यवस्थामा दलहरु छान्ने अधिकार जोकोहीलाई पनि हुन्छ भन्ने कुरामा सरकारले हेक्का राख्नुपर्ने समेत बताएका छन् ।


प्रकाशित मिति: २२ चैत्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?