Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सरकारले खाना पकाउने ग्याँसको तत्काल आवश्यक व्यवस्था मिलाओस्ः जयन्तिदेवी राई


सरकारले खाना पकाउने ग्याँसको तत्काल आवश्यक व्यवस्था मिलाओस्ः जयन्तिदेवी राई

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभाकी सांसद जयन्तिदेवी राईले खाना पकाउने ग्याँसको तत्काल व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् ।

आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले खाना पकाउने ग्याँसको हाहाकार भएको उल्लेख गर्दै त्यसको तत्काल व्यवस्था मिलाउन सरकारलाई दबाब दिएकी हुन् । सांसद राईले उपभोक्ताले पैसा तिरेपछि खाना पकाउने ग्याँस पाउनुपर्ने उल्लेख गर्दै त्यसको व्यवस्था अझै नभएको भन्दै सरकारको. आलोचना समेत गरेकी छिन् ।

उनले भनिन्, ‘झन्डै तीन महिना भइसकेको छ । हामी सबैले भोगेका छौँ । अहिले ग्याँसको अत्यन्तै हाहाकार छ । हुनत विश्वका धेरे मुलुकहरुमा यो समस्या आएको छ । तर पनि अहिले यसको विकल्प विद्युतीय चुल्हो भनिएता पनि सानो परिवारलाई मात्रै त्यो ठिक हुने । तर धेरै परिवार वृद्ध, केटाकेटीहरुको ठाउँमा त्यो समस्या भएको छ । र, अहिले १५ दिन लाईनमा बस्नुपर्ने र त्यसो गर्दा पनि ग्याँस नपाइने अवस्था छ । यसको उचित व्यवस्था मिलाउन म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु । र सरकारले जनतालाई पैसा तिरेपछि त्यसको सेवा पनि उपलब्ध होस भन्न चाहन्छु ।’

सांसद राईले विद्युतीय चुल्होले पनि ठूलो परिवारको समस्या नटर्ने अवस्था देखिएकाले पनि सरकारले खाना पकाउने ग्याँसको आवश्यक व्यवस्था मिलाउन ढिलाई गर्न नहुने स्पष्ट पारेकी छिन् ।


प्रकाशित मिति: २२ चैत्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?