Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार

समाचार


नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार उनलाई नियुक्त गर्दै शपथ खुवाएका छन् । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत उपस्थित थिए।

“सुशीला कार्की अन्तरिम प्रधानमन्त्री, आज राति ९ बजे शपथ”

काठमाडौँ । राजनीतिक संकटबीच अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सम्हाल्ने पक्का भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज राति ९ बजे शीतल निवासमा उनलाई औपचारिक शपथ गराउने तयारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्। यसअघि कार्की, जेनजी अभियन्ता सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्यालसहितको टोली राष्ट्रपति निवास

अप्राकृतिक गठबन्धनमा रहेको अहंकारका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्तावेज नष्ट भए:माओवादी

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले अप्राकृतिक गठबन्धनमा रहेको अहंकार, नालायकी र कुशासनका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्तावेज नष्ट भएको आरोप लगाएको छ । शुक्रवार नेकपा माओवादी केन्द्रका उपाध्यक्षद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा यस्तो आरोप लगाइएको हो । जेन जी पुस्ताको आन्दोलनका

कान्तिपुर टेलिभिजनको नियमित प्रशारण शुरु

काठमाडौँ। कान्तिपुर टेलिभिजनले शुक्रवारदेखि नियमित प्रशारण शुरु गरेको छ । जेन–जी आन्दोलनका क्रममा तीनकुनेस्थित टेलिभिजनको कार्यालयमा आगजनी भएपछि बन्द भएको प्रशारण आज अपरान्ह ४ बजेदेखि शुरु भएको हो । हाललाई आगलागीबाट जोगिएको स्टुडियो ३ बाट टेलिभिजनको नियमित प्रशारण थालिएको कान्तिपुरले जनाएको छ । जेन–जी प्रदर्शनका क्रममा कान्तिपुर टेलिभिजनका साथै थाथापलीमा रहेको

अन्तरिम सरकारका नयाँ प्रधानमन्त्रीका लागि सिंहदरबारमा व्यवस्थापन शुरु (तस्बिरहरु)

काठमाडौँ। अन्तरिम सरकारका नयाँ प्रधानमन्त्रीका लागि सिंहदरबारमा व्यवस्थापन शुरु भएको छ । मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको निरीक्षणपछि संहदरबारमा व्यवस्थापन शुरु गरिएको हो । निर्माणाधीन गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्रीको कार्यालय बनाउने गरी सजावट शुरु गरिएको छ । बुधवार आन्दोलनकारीको निसानामा परेको सिंहदरबारमा अहिलेसम्मकै ठूलो आक्रमण भएको थियो ।

सभामुख घिमिरे र अध्यक्ष दाहालको अपिलः संवैधानिक प्रक्रियाबाटै निकास खोजौं

काठमाडौँ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संवैधानिक प्रक्रियामार्फत शान्ति, स्थायित्व, राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ बनाउँदै अघि बढ्न अपिल गरेका छन् । शुक्रवार संयुक्त वक्तव्य जारी गर्दै उहाँहरुले जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास

जनकपुरधामको जनजीवन सामान्य बन्दै, बढ्दै बजारमा चहलपहल

काठमाडौँ। मधेस प्रदेशको राजधानी जनकपुरधामको जनजीवन सामान्य बन्दै गएको छ । जेन जी पुस्ताको आन्दोलन र प्रदर्शनपछि भएको आगजनी र तोडफोडपछि जनजीवन असामान्य बनेको थियो । आम नागरिकहरुमा त्रास पैदा भएको थियो । नेपाल प्रहरीका चौकीहरु जलेर ध्वस्त भएसँगै प्रहरी प्रशासन तहसनहस बन्यो । जसकारण पनि समाजमा त्रास पैदा भएको

व्यवसायी भन्छन्ः ‘जेन–जी आन्दोलनमा राजनीतिक घुसपैठ हुँदा दशैँको मुखमा व्यवसाय चौपट भयो’

काठमाडौँ। जेन–जी आन्दोलनमा राजनीतिक घुसपैठ हुँदा मुलुकको उद्योग तथा व्यवसाय ध्वस्त भएको भन्दै व्यवसायीहरु चिन्तित बनेका छन् । मुलकमा भ्रष्टाचार नियन्त्रण गर्ने जेन–जी पुस्ताको माग जायज भएपनि आन्दोलनमा राजनीतिक दलहरुको घुसपैठले निजी व्यवसायीहरुले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै व्यवसायीहरु चिन्तित बनेका हुन् । आन्दोलनको क्रममा लुटिएका तथा आगजनीमा परेका सामानहरुको क्षतिपूर्ति

फरार भएका कैदी तथा थुनुवाहरु अविलम्ब सम्पर्कमा आऊ :नक्खु कारागार प्रशासन

ललितपुर। ललितपुरको नक्खु कारागार प्रशासनले भदौ २४ गते कारागारबाट फरार भएका कैदी तथा थुनुवाको खोजीका लागि आम जनतालाई सहयोग गर्न सार्वजनिक अपिल गरेको छ।

जेन जी पुस्ताको आन्दोलनपछिको आगजनी र तोडफोडबाट खण्डहर भए कास्कीका सरकारी कार्यालय

काठमाडौँ। जेन जी पुस्ताले गरेको आन्दोलनपछि भएको आगजनी र तोडफोडपछि पोखराका जिल्ला प्रशासन कार्यालयसहित सरकारी कार्यालयहरु खण्डहर भएका छन् । प्रदेश लोकसेवा कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, कारागार कार्यालय, कास्की जिल्ला अदालतको अवस्था दयनीय छ । सबै सरकारी कार्यालय भग्नावशेषमा परिणत भएका छन् । आगजनी कारण भएको क्षति मूल्यांकन समेत हुन

सम्वन्धित समाचारहरु