Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छ–डा. लिली थापा


काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य डा. लिली थापाले अनाधिकृत मान्छेहरु गएर वीरगञ्जमा सडक विस्तारको नाममा नागरिकको घर तथा पसलमा डोजर चलाएको आरोप लगाएकी छिन् ।

आईतवार शान्तिका लागि सामूहिक अभियान (कोक्याप)ले आयोजना गरेको मानवअधिकार रक्षकहरुको राष्ट्रिय सम्मेलनमा उनले गृह मन्त्रालयबाट आएको भन्दै अनाधिकृत मान्छेहरुले सडक भत्काएको बताएकी हुन् । पर्याप्त समय र वैकल्पिक व्यवस्था नदिई सडक विस्तारका लागि संरचना भत्काइएको उनको भनाई छ । थापाका अनुसार सडक विस्तारका क्रममा बैंक ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका सर्वसाधारणलाई आफ्नो पसल तथा सामान समेत सार्न समेत नदिएको उनले बताइन् ।

उनले भनिन, ‘मधेश प्रदेशको मानवअधिकार आयोगले एउटा रिपोर्ट बुझाएको छ । म त्यो रिपोर्ट हेरेर पनि आएँ, मोनिटरिङ पनि गरेर आएँ । वीरगञ्जमा सात दिन पनि टाइम नदिएर बाटो चौडा गर्नुपर्छ भनेर स्वाट्टै हाइवे भत्काएको छ । त्यहाँ एकजना बुवा त रोएर मलाई झन्डै खुट्टा समात्न आउनुभयो । ‘मैले सबै बैंकबाट ऋण लिएर एउटा पसल खोलेको थिएँ, मलाई सामान पनि सार्न पनि दिईएन भन्नुभयो । त्यो हटाउन सरकारको मान्छे कोही नी गएको छैन, ‘हामी गृह मन्त्रालयबाट आएको’ भन्नेर अरु नै मान्छे गएको छ । त्यो रिपोर्ट भर्खरै हामीकहाँ आएको छ । कसरी चाहिँ एउटा बाहिरको मान्छे गएर सरकारमा बसेको पनि होइन, सिडिओलाई अगाडि राखेर बाहिरको मान्छे गएर दबाएर बाटो भत्काएर रुवाबासी गराएको छ । हिजो भत्काएका सुकुम्बासीले चिउरा खान नपाएर मरिरहेका छन् । हामीलाई के एकदम बेइजिङको जस्तो हाइवे बनाउनु छ ? अब भरतपुरमा पनि ३० मिटरबाट ५० मिटर बनाउने रे ! भनेर नगरपालिकाले निर्णय गर्न लागेको छ रे । त्यो बनायो भने अर्को १० हजार सुकुम्बासी हुन्छन् । के हामी त्यो कम्पन्सेसन दिन सक्षम छौँ ?’

उनले विकास आयोजनाका नाममा नागरिकलाई विस्थापन गर्न नहुने बताइन् । भरतपुरमा सडकको चौडाई ३० मिटरबाट ५० मिटर बनाउने प्रश्ताव गरिएको उल्लेख गर्दै उनले त्यसले थप १० हजार व्यक्ति प्रभावित हुन सक्ने बताएकी छिन् ।


प्रकाशित मिति: ७ असार २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?