Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार

समाचार


सांसद गोमालाई पदमुक्त गर्न सभामुखलाई सीके राउतले गरे तेश्रो पटक पत्राचार

काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधि सभामा समानुपातिक सांसद गोमा सापकोटालाई पदमुक्त गर्न संसद सचिवालयलाई पुनः पत्राचार गरेको छ । पार्टी अध्यक्ष सिके राउतले हस्ताक्षर गरेर पठाएको पत्रमा सांसद लाभलाई पार्टीबाट निष्कासन गरिएको भनिएको छ । गोमामाथि ठेकेदारसँग पैसा मागेको, अनुचित लाभ लिएको, पार्टी विभाजन गर्न खोजेको

राष्ट्रपति पौडेल ‘कोप–२९’ मा भाग लिन अजरबैजान प्रस्थान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज अजरबैजान प्रस्थान गरेका छन् । यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७

कालीकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौँ । कालीकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । आइतबार पलाँता गाउँपालिका–३ को राडुनेटा भन्ने ठाउँमा जीप सडकबाट करिब ३०० मिटर तल खस्दा ‘८ जनाको मृत्यु भएको प्रहरीले बताएको छ। त्यसमध्ये ४ जनाको पहिचान खुलेको छ’।

राष्ट्रपति द्वारा अमेरिकाका लागि रेग्मी र चीनका लागि ओली राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चीन र अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गएका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम लोकदर्शन रेग्मीलाई अमेरिका  र प्रा.डा. कृष्णप्रसाद ओलीलाई चीनको  राजदूत नियुक्त गरेका हुन । संविधानको व्यवस्था अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन् ।

मानव तस्करीमा मुछिएका सांसद अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । मानव तस्करीमा जोडिएका कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। आइतबार अपराह्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा

राष्ट्रपतिद्वारा निरौला र पाण्डेय सर्वोच्चको न्यायाधीशमा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ (२) बमोजिम नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका हुन् । संसदीय सुनुवाइ समितिले शुक्रबार मात्र निरौला र पाण्डेयको नाम अनुमोदन गरेको थियो ।

खबरदारी अभियान चलाउँदै माओवादी केन्द्र

हेटौँडा । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै सबै स्थानीय तहबाट खबरदारी अभियान चलाउने तयारी गरिरहेको बताएका छन् । प्रेस सेन्टर मकवानपुरद्वारा आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र सरकार बाहिर रहँदा अहिले

अर्थ समितिका काम प्रभावकारी बनाउन छलफल

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिका काम प्रभावकारी र नतिजामुखी ढङ्गले सञ्चालन गर्न छलफल भएको छ । समितिको आजको बैठकमा कार्यसूची बनाउने र सदस्यहरूको सहभागिता बढाउने विषयमा छलफल भएको सभापति सन्तोष चालिसेले जानकारी दिएका छन्  । समितिमा विचाराधीन विधेयकलाई चाँडो टुङ्ग्याउने तथा समितिका अन्य काम कारबाहीलाई प्रभावकारी बनाउन

मानव तस्करीमा मुछिएका पुर्व मन्त्री अधिकारीलाई अनुसन्धानका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ । मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा नेकपा एमाले का कोशी प्रदेश सांसद लीलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौँ ल्याइएको छ। आइतबार विराटनगर निजी निवासबाट मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा पक्राउ गरी थप अनुसन्धानका लागि उनलाई काठमाडौँ ल्याइएको हो। जापान भ्रमण मन्त्रीपरिषद् द्वारा स्वीकृत नगराई आफूसँग असम्बन्धित मानिसहरू लिएर गएको आरोपमा

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आज जिल्ला प्रहरी कार्यालय कास्कीलाई

सम्वन्धित समाचारहरु